• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

"संबैधानिक निकायमाथी बढ्दो सरकारी हस्ताक्षेप  "
  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ९, शनिबार ०४:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको र महाअभियोगको समेत धम्की दिएको बताएको छ।  शुक्रबार एम्नेष्टि इन्टरनेसनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे) ले संयुक्त विज्ञप्ति जारी गर्दै तीन वरिष्ठ न्यायाधीशहरुलाई राजीनामा दिन दबाब दिइएको र महाअभियोगको धम्की समेत दिइएको रिपोर्ट प्राप्त गरेको बताएको छ। उता कानुनमन्त्रि सोबिता गौतमले सरकारले त्यस्तो दवाव नदिएको भन्दै त्सको आधिकारिता पुष्टि गर्नुपर्ने बताएकी छिन । मन्त्रि गौतमले यो घटनालाई सरकारले गंभीर रुपमा लिएको र यसलाई सम्बन्धित पक्षले पुष्टि गर्नुपर्ने बताईन ।

    चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले सिफारिस गरेपछि तीन वरिष्ठ न्यायाधीशलाई दबाब दिइएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।  विज्ञप्ति अनुसार न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई उक्त दबाब आएको भनिएको छ।

    ‘तीन जना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। मनोनयनका सम्बन्धमा उजुरीहरू भए पनि ती उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै संसदीय सुनुवाइ समितिले उनको नियुक्ति अनुमोदन गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यी संस्थाहरूले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू मल्ल, रेग्मी र फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेका छन्।’

    यी आरोप सार्वजनिक रूपमा बाहिर आएकोबारे भने जानकारी नभएको विज्ञप्तिमा उल्लेख छ। नेपालको संविधानअन्तर्गत महाअभियोगको लागि संवैधानिक आधार पूरा गर्ने सार्वजनिक रूपमा उल्लेख गरिएका त्यस्ता कुनै पनि आरोपहरूबारे यी संस्थाहरू जानकार छैनन्।  आएइसिजेका वरिष्ठ कानूनी तथा नीति निर्देशक इयान सेइडरम्यानले नेपालको न्याय प्रणालीलाई कमजोर बनाउन नहुने धारणा समेत दिएका छन्।

    ‘न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको एउटा आधारशीला हो र मानव अधिकार संरक्षणको लागि अपरिहार्य रक्षाकवच हो,’ उनले भने, ‘नेपालको न्याय प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनु पर्छ- कमजोर बनाउनु हुँदैन।’ प्रधानन्यायधिष बनाउने बेलामा जसरी हस्ताक्षेप गरेर आफ्नो अनुकुलको व्यक्ति ल्याएपछि अदालतमा हस्ताक्षेप बढेको बताईन थालेको छ । यसो हुँदा वर्तमान सरकार सबै सस्थागत संरचना भत्काएर आफ्नो अनुकुल बनाउने प्रयास भएको छ । संबैधानिक निकायलाई आफ्नो अनुकुल बनाउन सरकारले निरंकुश शैली अपनाएको छ ।

    तीन अन्तराष्ट्रिय सस्थाद्धारा जारी गरिएको विज्ञप्ति जस्ताको तस्तैः

    सर्वोच्च अदालतको नियुक्ति वा बनावटमा सरकारले अनुचित तवरमा हस्तक्षेप गर्न मिल्दैन

    (जेनेभा, ८ श्रावण) – न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) गम्भीर रूपमा चिन्तित भएका छन्।

    विशेषगरी, बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाब प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त हुन आएका छन्।२०८३ साल वैशाखमा सरकारले नेपालको संविधान र विधिको शासनको सिद्धान्तअनुसार आवश्यक हुने संसदीय विधिबाट संशोधन गर्नुको सट्टा संवैधानिक परिषद् ऐनलाई कार्यकारी अध्यादेशमार्फत अनुचित रूपमा संशोधन गरेको थियो।

    प्रधानन्यायाधीश लगायत प्रमुख संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गर्ने कार्यका लागि जिम्मेवार निकाय संवैधानिक परिषद्को गणपूरक संख्या र मतदानसम्बन्धी प्रावधान समेत परिवर्तन गर्ने गरी संवैधानिक परिषद् ऐनमा गरिएको संशोधनको परिणामप्रति यी संस्थाहरू चिन्तित भएका छन्। संवैधानिक परिषदमा पहिल्यैदेखि राजनीतिक पदधारकहरूको बहुमत रहेकोमा उक्त  संशोधनले न्यायिक नियुक्तिहरूमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढाउनेछ र न्यायिक स्वतन्त्रता तथा विधिको शासनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूलाई कमजोर बनाउनेछ।

    “न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको एउटा आधारशिला हो र मानवअधिकार संरक्षणको लागि अपरिहार्य रक्षाकवच हो,” आईसीजेका वरिष्ठ कानूनी तथा नीति निर्देशक इयान सेइडरम्यानले भने। “नेपालको न्याय प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनु पर्छ–कमजोर बनाउनु हुँदैन।”

    न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको एउटा आधारशिला हो र मानवअधिकार संरक्षणको लागि अपरिहार्य रक्षाकवच हो। नेपालको न्याय प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनु पर्छ–कमजोर बनाउनु हुँदैन

    इयान सेइडरम्यान, आईसीजेका वरिष्ठ कानूनी तथा नीति निर्देशक

    हालै प्रधानन्यायाधीशको रूपमा डा. मनोज कुमार शर्मालाई गरिएको नियुक्तिले यी चिन्ताहरूलाई अझ बढाएको छ। तीन जना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा उनलाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। मनोनयनका सम्बन्धमा उजुरीहरू भए पनि ती उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै संसदीय सुनुवाइ समितिले उनको नियुक्ति अनुमोदन गरेको थियो।

    यी संस्थाहरूले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेका छन्। नेपालको संविधानअन्तर्गत महाभियोगको लागि संवैधानिक आधार पूरा गर्ने सार्वजनिक रूपमा उल्लेख गरिएका त्यस्ता कुनै पनि आरोपहरूबारे यी संस्थाहरू जानकार छैनन्।

    नेपालको संविधानअन्तर्गत महाभियोगको प्रक्रिया सुरू भएपछि संसद्ले ती आरोपहरूमाथि निर्णय नगर्दासम्म सम्बन्धित न्यायाधीश निलम्बनमा पर्नेछन्। सरकारी निर्णयहरू र कार्यकारी कारबाहीहरूलाई चुनौती दिने धेरै अत्यन्त महत्त्वपूर्ण तथा दूरगामी प्रभाव भएका संवैधानिक मुद्दाहरूमाथि विचार गरिरहेको समयमा हुने सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशहरूको निलम्बनले अदालतको संरचना र कार्यप्रणालीमा उल्लेखनीय असर पार्नेछ।

    स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरुद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवतः विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्ने खोजिएको जस्तो देखिने जोखिम पैदा भएको संस्थाहरूले उल्लेख गरेका छन्। नेपालमा यसअघि पनि न्यायिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर पार्ने परिस्थितिअन्तर्गत न्यायाधीशहरू विरुद्ध महाभियोग कारबाहीसम्बन्धी कार्यविधिलाई प्रयोग गर्ने प्रयासहरू भएको देखिएको छ।

    “न्यायपालिकामाथिको जनविश्वास न्यायाधीशहरूको कार्यदक्षता र निष्ठामा मात्र नभई न्यायिक नियुक्तिहरूको पारदर्शिता, निष्पक्षता र स्वतन्त्रतामा पनि निर्भर हुन्छ,” ह्युमन राइट्स वाचकी एसिया उपनिर्देशक मीनाक्षी गांगुलीले भनिन्। “राजनीतिक प्रभाव भएको देखिने न्यायिक नियुक्ति वा बर्खास्तीले न्याय प्रशासनको आत्मविश्वासलाई क्षयीकरण गराउनुका साथै विधिको शासनलाई कमजोर बनाउँछ।”

    न्यायपालिकामाथिको जनविश्वास न्यायाधीशहरूको कार्यदक्षता र निष्ठामा मात्र नभई न्यायिक नियुक्तिहरूको पारदर्शिता, निष्पक्षता र स्वतन्त्रतामा पनि निर्भर हुन्छ

    मीनाक्षी गांगुली, ह्युमन राइट्स वाचकी एसिया उपनिर्देशक

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यायाधीशहरू अनुचित प्रभाव, दबाब, धम्की वा हस्तक्षेपबाट मुक्त रहनुपर्छ र उनीहरूको बर्खास्ती वस्तुनिष्ठ मापदण्डमा आधारित तथा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ।

    नेपालमा न्याय प्रशासनलाई सुदृढ बनाउनको लागि न्यायिक सुधार आवश्यक हुनसक्ने भएपनि यस्तो सुधार प्रक्रियाले न्यायिक स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिता तथा विधिको शासनलाई कमजोर बनाउने भन्दा पनि सुदृढ बनाउने किसिमको हुनुपर्छ, संस्थाहरूले भने।

    “न्यायिक सुधारको उद्देश्य भनेको अझ बढी राजनीतिक दबाबको जोखिममा पर्ने खालको संस्थाहरू निर्माण गर्नु नभई बरु जनविश्वास प्राप्त अझ सबल, स्वतन्त्र संस्थाहरू निर्माण गर्नु हो,” एम्नेस्टी इन्टरनेसनलकी दक्षिण एसिया क्षेत्रीय उपनिर्देशक इसाबेल लासेले भनिन्।”सुधारहरू न्यायिक स्वतन्त्रता, शक्ति पृथकीकरण, पारदर्शिता र जवाफदेहिता सम्बन्धी अन्तर्राष्ट्रिय रूपमा स्थापित सिद्धान्तहरूको जगमा बलियोसँग अडिएको हुनुपर्छ। यी सिद्धान्तहरूबाट विचलित भइ गरिएका सुधारहरूले जुन संस्थालाई बलियो बनाउन खोजिएको हो ती संस्थाहरूलाई नै उल्टो झन कमजोर पार्ने जोखिम हुन्छ।”

    न्यायिक सुधारको उद्देश्य भनेको अझ बढी राजनीतिक दबाबको जोखिममा पर्ने खालको संस्थाहरू निर्माण गर्नु नभई बरु जनविश्वास प्राप्त अझ सबल, स्वतन्त्र संस्थाहरू निर्माण गर्नु हो

    इसाबेल लासे, एम्नेस्टी इन्टरनेसनलकी दक्षिण एसिया क्षेत्रीय उपनिर्देशक

    नेपाल सरकारले निम्न कार्यहरू गर्नुपर्छ:

    • न्यायाधीशहरूलाई राजीनामाका लागि दबाब नदिई वा स्पष्ट रूपमा स्थापित संवैधानिक आधार, विधिको शासन र उचित प्रक्रियाअनुसार बाहेकका महाभियोगको प्रक्रिया अघि नबढाई न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको सम्मान र संरक्षण गर्ने;
    • प्रधानन्यायाधीशलगायतका न्यायिक पदहरूमा नियुक्ति गर्दा न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्ने गरी पारदर्शी, वस्तुनिष्ठ र योग्यतामा आधारित प्रक्रिया अपनाएको सुनिश्चित गर्ने;
    • संवैधानिक परिषद् ऐनमा गरिएका संशोधनहरूको खुला संसदीय प्रक्रियामार्फत पुनरावलोकन गर्न र न्यायिक नियुक्तिसम्बन्धी कानुनी संरचनाले न्यायपालिकालाई राजनीतिक प्रभुत्व र अनुचित प्रभावबाट पर्याप्त रूपमा संरक्षण गर्ने सुनिश्चित गर्ने;
    • न्यायपालिकासम्बन्धी भविष्यका कुनै पनि सुधारहरूले नेपालको संविधान, विधिको शासन तथा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप न्यायपालिकाको स्वतन्त्रता, पारदर्शिता, जवाफदेहिता र न्याय प्रशासनप्रतिको जनविश्वासलाई सुदृढ बनाउने कुरा सुनिश्चित गर्ने।

    थप जानकारीका लागि:

    इयान साइडरम्यान,  इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ian.seiderman@icj.org

    मीनाक्षी गांगुली, ह्युमन राइट्स् वाच, gangulm@hrw.org

    इजाबेल लासे, एम्नेस्टी इन्टरनेसनल, isabelle.lassee@amnesty.org

    Post Views: 33
    प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार ०४:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती
    मासिक एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थाले !
    Advertisement
    ताजा अपडेट
    • १. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • २. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. मासिक एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थाले !

    • ५. कोरिया र नेपालबीच ११.८ मिलियन डलरको दुई समझदारीपत्रमा हस्ताक्षर

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    • ३. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    • ४. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ५. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.