संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको कार्यकक्षबाटै बिदाइसंगै एक पुस्तक थमाएपछि त्यसको चर्चा चलेको छ । जुन पुस्तक दिइएको बताइएको छ त्यो सामरिक हिसाबले बहुचर्चित पुस्तक हो ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरको उडानमार्फत अमेरिका प्रस्थान गरेका छन ।

प्रधानमन्त्री शाहलाई बिदाइ गर्न प्रधानमन्त्रीकै कार्यकक्षमा पुगेका कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री वाग्लेले यात्राका क्रममा अध्ययन गर्न भन्दै पल केनेडीले लेखेको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ हस्तान्तरण गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। सो पुस्तक किन र के का लागि दिए त्यो आशय गर्भमै होला तर उक्त पुस्तकमा लेखकले महाशक्ति राष्ट्रहरू कसरी शक्तिशाली बने र किन क्रमशः कमजोर हुँदै गए भन्ने इतिहास, अर्थतन्त्र र सैन्य शक्तिको सम्बन्धबारे विस्तृतमा उल्लेख छ ।
त्यो पुस्ताकमा भएका ेकहि महत्वपुर्ण कुरा यहा उल्लेख गर्दा उपयूक्त हुन्छ । सो पुस्तकमा विश्व राजनीतिमा अहिले सबैभन्दा महत्वपूर्ण प्रश्नमध्ये एउटा हो—२१औँ शताब्दीको विश्व व्यवस्था अमेरिकी नेतृत्वमै कायम रहन्छ कि चीन क्रमशः अर्को प्रमुख महाशक्तिका रूपमा स्थापित हुँदै जान्छ ? भन्ने प्रश्नलाई उठाइएको छ ।
यस प्रश्नको उत्तर खोज्दा करिब चार दशकअघि प्रकाशित बेलायती इतिहासकार पल केनेडीको चर्चित अर्को पुस्तक फेरि प्रासंगिक देखिन्छ। सन् १९८७ मा प्रकाशित करिब ६७७ पृष्ठको यो पुस्तकले १५०० देखि २००० सम्मका प्रमुख शक्तिहरूको उत्थान र पतनलाई अर्थतन्त्र, उत्पादन, प्रविधि, सैन्य शक्ति र रणनीतिक प्रतिबद्धताको सम्बन्धबाट अध्ययन गरेको छ।
केनेडीको मुख्य तर्क सरल भए पनि गहिरो छ—दीर्घकालमा सैन्य शक्ति आर्थिक शक्तिबाट अलग रहन सक्दैन। कुनै देशसँग ठूलो सेना र विश्वभर सैन्य उपस्थिति हुन सक्छ। तर त्यसलाई निरन्तर धान्न पर्याप्त उत्पादन, राजस्व, प्रविधि र आर्थिक आधार छैन भने सैन्य शक्ति आफैं आर्थिक बोझ बन्न सक्छ। यही अवस्थालाई केनेडीको चर्चित अवधारणा ‘साम्राज्यिक अति विस्तार’सँग जोडिन्छ उल्लेख छ ।
पुस्तकमा केनेडीले ह्याब्सबर्ग साम्राज्य, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, बेलायत, रुस तथा सोभियत संघलगायत शक्तिहरूको इतिहासमार्फत एउटा ढाँचा देखाउने प्रयास गरेका छन्। ठूला शक्ति बन्न आर्थिक स्रोत आवश्यक हुन्छ। आर्थिक शक्ति बढेपछि सैन्य क्षमता विस्तार गर्न सकिन्छ। सैन्य शक्ति बढेपछि व्यापारिक तथा रणनीतिक हित सुरक्षित गर्न सकिन्छ। तर समस्या त्यतिबेला सुरु हुन्छ जब सैन्य तथा रणनीतिक प्रतिबद्धता आर्थिक क्षमताभन्दा तीव्र गतिमा बढ्छ।
अर्थात्, आर्थिक शक्ति सैन्य शक्ति, विश्वव्यापी प्रतिबद्धता, बढ्दो खर्च, आर्थिक दबाब जस्ता विषय उल्लेख छ । पुस्तकले यदि यो चक्र नियन्त्रणबाहिर गयो भने महाशक्तिको सापेक्षिक शक्ति घट्न सक्छ दावी गरिएको छ ।
केनेडीले ह्याब्सबर्गहरूको लामो समयसम्म चलेको युद्ध र रणनीतिक अति(विस्तारलाई यसको एउटा ऐतिहासिक उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। पुस्तकमा अमेरिकाबारे केनेडीको चेतावनी दिंदै पुस्तक प्रकाशित हुँदा अमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली आर्थिक तथा सैन्य राष्ट्रका रूपमा आफ्नो स्थान कायम राखेको थियो। तर केनेडीले एउटा प्रश्न उठाएका थिए—विश्वभर फैलिएको अमेरिकी रणनीतिक जिम्मेवारीलाई अमेरिकी अर्थतन्त्रले लामो समयसम्म धान्न सक्छ ? भन्दै प्रश्न उठाएका छन । उनले अमेरिकी शक्ति तत्काल पतन हुन्छ भनेका थिएनन्। बरु अमेरिकाले आफ्नो आर्थिक क्षमता, रक्षा खर्च र विश्वव्यापी रणनीतिक प्रतिबद्धताबीच सन्तुलन कायम गर्नुपर्ने चेतावनी दिएका छन । त्यसैले केनेडीको सिद्धान्तलाई ‘अमेरिका पतन हुँदैछ’ भन्ने भविष्यवाणीभन्दा ‘महाशक्तिले आफ्नो आर्थिक आधार र रणनीतिक प्रतिबद्धताबीच कति सन्तुलन राख्न सक्छ ?’ भन्ने प्रश्नका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ।
१९८० को दशकमा प्रकाशित उनको विश्लेषणपछि विश्व राजनीति भने निकै बदलिएको छ। सोभियत संघ १९९१ मा विघटन भयो र अमेरिकाले एक समय अभूतपूर्व एकध्रुवीय शक्ति हासिल गर्यो। त्यसैले केनेडीको तत्कालीन अमेरिकी पतनसम्बन्धी चेतावनीलाई सीधा भविष्यवाणीका रूपमा पढ्दा ऐतिहासिक सन्दर्भ छुट्न सक्छ।
पुस्तकमा चीनको वर्तमान उदयले भने केनेडीको अर्को पक्षलाई रोचक बनाएको छ। केनेडीले आफ्नो पुस्तकमा चीनको आर्थिक विकासले भविष्यमा उसको विश्व शक्तिको हैसियत बढाउन सक्ने सम्भावनातर्फ संकेत गरेका छन । पुस्तकको अन्तिम भागमा उनले चीन, जापान, युरोपेली आर्थिक समुदाय, सोभियत संघ र अमेरिकाको भावी शक्ति सन्तुलनबारे चर्चा गरेका छन्। पुस्तकमा उल्लेख भए जस्तै आज चीन विश्व अर्थतन्त्र, औद्योगिक उत्पादन, व्यापार, प्रविधि र सैन्य क्षमताका क्षेत्रमा अमेरिकाको प्रमुख रणनीतिक प्रतिस्पर्धी बनेको छ।
यस्ता कुराहरु कुटनीतिक हिसावले महत्वपुर्ण मानिन्छ । कसैले कसैलाई उपहार दिंदा के कस्तो किन दिईन्छ भन्ने कुरा कुटनीतिमा अर्थपुर्ण मानिन्छ । त्यसैले यो विषयलाई यतिखेर चर्चामा रहनुलाई राजनीतिक रुपमा अर्थपुर्ण मानिएको छ । हाम्रा प्रधानमन्त्रिले त्यो पुस्तक पढ्लान वा नपढ्लान त्यो अर्कै कुरा हो तर विश्व मन्च सहभागी हुन जाँदै गर्दा हात परेको पुस्तक र त्यसमा उठाइएका विषयले चर्चा पाउनु स्वाभाविक नै हो । पुस्तकमा उठाइएका विषयर तीनै शक्ति राष्टहरुका प्रमुख व्यक्तिहरुले जमघटले यतिखेर न्यूयोर्क तातेको छ ।
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गरेसँगै अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।





