• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन ७, बुधबार ०६:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ।

    कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो।

    निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो। नेपाल सरकार, पर्यटन विभागद्वारा देशभर रहेका होटलहरुमध्ये हालसम्म यस प्रकारको पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटललाई दिएको देखिन्छ।

    उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ-फर्निचर, ढुंगा टायल र ढुंगाले छाएको छाना, जुटबात निर्मित गलैँचा, स्थानीय आर्टिस्टले काठमा गरेको पेन्टिङ, स्थानीयले बनेको सजावका सामानहरु, मान्द्रो आदिको ब्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन्।

    विभागबाट रिसोर्ट निरीक्षण गर्न पुगेका अधिकारीहरुले रोयल टुलिप चितवनले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै संचालित वातावरणमैत्री यस रिसोर्टले नेपाली आतिथ्यताको नयाँ मानक बनाएको र यसलाइ निरन्तता दिने विश्वास व्यक्त गरेका थिए।

    राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वननजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिंग रेस्टुरेन्टसमेत सुविधा छन्। त्यसका साथै नेपालमै पहिलो पटक ‘तनावीबार’ सञ्चालन गरिरहेको छ। मध्यरात मनोरञ्जनका लागि छुट्टै ‘स्पोट्र्सबार’समेत सञ्चालन भइरहेको छ।

    यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी डिसेम्बर मध्यदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याएको थियो।

    यसैबीच, केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (कुल १५ करोड ५० लाख रुपैयाँ बराबर) आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

    आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको र आईपीओपछि ऋण-स्वपूँजी अनुपात ६१.५: ३८.५ कायम हुने प्रक्षेपण गरिएको छ। रेटिङ प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवर्द्धक समूहलाई कम्पनीको सबल पक्षका रूपमा औंल्याएको छ।

    केटीएम हस्पिटालिटी २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन्।

    चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो। रोयल ट्युलिप चितवनको स्तरीकरणले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र क्षेत्रको पर्यटन उद्योगमा सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

    Post Views: 5
    प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार ०६:५४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    Advertisement
    ताजा अपडेट
    • १. चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    • २. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • ३. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ४. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • ५. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.