• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

"अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध "
  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २२, शुक्रबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने र ‘बर्थ टुरिजम’ रोक्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

    दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको अघिल्लो प्रयास अस्वीकार गरेको थियो । त्यस निर्णयबारे प्रतिक्रिया दिँदै ट्रम्पले भने, “यो निकै प्रतिस्पर्धात्मक निर्णय थियो, तर अत्यन्तै दुर्भाग्यपूर्ण पनि थियो ।”

    अमेरिकी संविधानको १४औँ संशोधनले अमेरिकी भूमिमा जन्मिएका अधिकांश शिशुलाई स्वतः अमेरिकी नागरिकता दिने व्यवस्था गरेको छ । विदेशी कूटनीतिज्ञका सन्तान र शत्रु राष्ट्रका सैनिकका सन्तानजस्ता केही अपवाद भने छन् ।

    ट्रम्पले भने, “यो व्यवस्था गृहयुद्धपछि दासका सन्तानलाई नागरिकता दिनका लागि ल्याइएको थियो । तर, अहिले यसको दुरुपयोग भइरहेको छ ।”

    नयाँ आदेशमा के छ ?
    ट्रम्पका अध्यागमन नीतिका सल्लाहकार स्टेफन मिलरका अनुसार पहिलो कार्यकारी आदेशले विदेशी आतंकवादी संगठनका सदस्यका सन्तान तथा विदेशी सरकारका तर्फबाट काम गर्ने केही व्यक्तिका बालबालिकालाई जन्मसिद्ध नागरिकताको सुविधा नदिने लक्ष्य राखेको छ ।

    उनका अनुसार यसले गलत तरिकाले जन्मसिद्ध नागरिकताको सुविधा लिने प्रयास रोक्नेछ । दोस्रो कार्यकारी आदेशले बर्थ टुरिजमलाई लक्षित गरेको छ । यसको अर्थ, बच्चाले अमेरिकी नागरिकता पाओस् भन्ने उद्देश्यले गर्भवती महिला पर्यटक भिसामा अमेरिका जाने अभ्यास हो । मिलरले भने, “अब यस्तो उद्देश्यका लागि भिसा लिन अनुमति दिइने छैन ।”

    यसरी अमेरिका पुगेर बच्चा जन्माउने विदेशी महिलाको आधिकारिक तथ्यांक छैन । तर, ट्रम्प समर्थक संस्था सेन्टर फर इमिग्रेसन स्टडिजले सन् २०१६–२०१७ बीच २० हजारदेखि २५ हजार महिलाले यस्तो गरेको दाबी गरेको छ ।

    ह्वाइट हाउसले नयाँ कार्यकारी आदेश सर्वोच्च अदालतको अघिल्लो निर्णयसँग नबाझिने दाबी गरेको छ । तर, कानुनविद्हरूले यी आदेशलाई अदालतमा चुनौती दिइने सम्भावना रहेको बताएका छन् ।

    ट्रम्पले भने, “मलाई लागेको थियो हामी सर्वोच्च अदालतमा जित्नेछौँ । तर, हामीले अन्यायपूर्ण निर्णय पायौँ । त्यसैले अहिले हामी यो समस्याको समाधान अर्को तरिकाबाट गर्दैछौँ ।”

    हाल अमेरिकी कानुनले बर्थ टुरिजमलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन । तर, सन् २०२० देखि लागु भएको नियमअनुसार बच्चालाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले पर्यटक वा व्यावसायिक भिसा प्रयोग गरेर अमेरिका जान भने अनुमति छैन ।

    Post Views: 31
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार ०७:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.