• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २८, बिहीबार ०४:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति प्रदान गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो सहमति दिने निर्णय गरेको हो । “पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने,” मंगलबार सार्वजनिक गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

    पछिल्लो समय अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लागि पोर्चुगल आकर्षक गन्तव्य बन्दै आएको छ । पोर्चुगलमा ७० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान छ । नेपालमा पोर्चुगलको दूतावास नहुँदा पोर्चुगल जान चाहनेले भिसाको लागि भारतको नयाँ दिल्लीस्थित पोर्चुगलको दूतावास धाउनुपर्ने बाध्यता रहँदै आएको छ । पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय खोलेपछि अब यो झन्झटबाट नेपालीहरू मुक्त हुनेछन् ।
    परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै १ अप्रिल २०२६ मा पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलसँग टेलिफोन वार्ता गरेका थिए । सोही वार्ताका क्रममा पोर्चुगलका विदेशमन्त्रीले काठमाडौंमा काउन्सिलर कार्यालय खोल्ने घोषणा गरेका थिए ।
    त्यसपछि २९ अप्रिलदेखि १ मे २०२६ सम्म नेपाल भ्रमणमा आएकी पोर्चुगलकी उप–विदेशमन्त्री डा। आना इसाबेल जेभियरले काठमाडौंमा काउन्सिलर कार्यालय खोल्ने प्रक्रिया अघि बढाएकी थिइन् । परराष्ट्रमन्त्री खनालले भेटमा उनलाई काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिएका थिए ।

    काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गर्दै नेपाल तथा पोर्चुगल सरकारप्रति आभार व्यक्त गरेको छ ।

    नेपाल सरकारको २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । निकट भविष्यमा नै कार्यालय सञ्चालनमा आउने अपेक्षा गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

    एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले जारी गरेको विज्ञप्तिमा काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीलाई विभिन्न कन्सुलर सेवा लिन सहज हुने उल्लेख गरिएको छ । विशेषगरी पारिवारिक पुनर्मिलन, भिसा तथा अन्य कन्सुलर सेवाका लागि हाल भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने बाध्यता कम हुने संघको विश्वास छ ।

    Post Views: 30
    प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०४:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन
    विश्वमा ६.७ करोड युवा बेरोजगार नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भ उद्धृत गर्दै आईएलओले दियो चेतावनी !
    पत्रकार किशोर श्रेष्ठ पक्राउ
    Advertisement
    ताजा अपडेट
    • १. विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन

    • २. विश्वमा ६.७ करोड युवा बेरोजगार नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भ उद्धृत गर्दै आईएलओले दियो चेतावनी !

    • ३. पत्रकार किशोर श्रेष्ठ पक्राउ

    • ४. नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

    • ५. बालेनको कुटनीतिक यूटर्न ? चार महिनापछि ‘वान टु वान’ संवाद !

    चर्चित
    • १. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • २. बालेनको कुटनीतिक यूटर्न ? चार महिनापछि ‘वान टु वान’ संवाद !

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. विश्वका ठूला अत्यन्त आकर्षक मानिएका शहरको मौलिकता किन हराउँदै गयो ? कारण बढ्दो आप्रबासन हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.