• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वमा ६.७ करोड युवा बेरोजगार नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भ उद्धृत गर्दै आईएलओले दियो चेतावनी !

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २८, बिहीबार ०४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वव्यापी रूपमा युवा बेरोजगारीदर सन् २०२५ मा बढेर १२.४ प्रतिशत पुगेको छ । कमजोर आर्थिक वृद्धि, भू–राजनीतिक तनाव र रोजगारी सिर्जनाको सुस्त गतिका कारण १५ देखि २४ वर्ष उमेर समूहका युवाका लागि जागिर पाउन कठिन भएको हो । यो दर सन् २०२३ मा १२.३ प्रतिशत थियो ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६ : ब्याक टु द फ्युचर’ प्रतिवेदनले यस्तो जानकारी दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आगामी दिनमा श्रम बजारमाथिको दबाब अझ बढाउन सक्ने चेतावनी दिएको छ ।

    आईएलओका अनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाले गरिरहेका ६.१ प्रतिशत रोजगारी एआईका कारण हुने परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने श्रेणीमा छन् ।

    यसैबीच आईएलओले रोजगारीको अभावबाट उत्पन्न आक्रोश राजनीतिक अशान्तिमा परिणत हुन सक्ने चेतावनी दिएको छ ।

    नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भलाई उद्धृत गर्दै आईएलओले रोजगारीको सम्भावनालाई लिएर युवाहरूमा बढ्दै गएको निराशाको सन्दर्भमा चर्चा गरेको छ । नेपाललाई यस्तो व्यापक प्रवृत्तिको उदाहरणका रूपमा प्रतिवेदनमा प्रस्तुत गरिएको छ । प्रतिवेदनले यसलाई सन् २०२४ र २०२५ मा केन्यामा भएका ‘जेनजी’ विरोध प्रदर्शनसँग रूपमा तुलना गरेको छ ।

    युवाका लागि उपलब्ध रोजगारीको संख्यासँगै त्यसको गुणस्तरमा पनि गिरावट आएको बताइएको छ । करिब २० प्रतिशत युवा न त रोजगारीमा छन्, न अध्ययनमा र न कुनै तालिममा नै संलग्न छन् । कम तथा निम्न–मध्यम आय भएका देशमा करिब १० मध्ये ९ जना युवा कामदार अनौपचारिक रोजगारीमा संलग्न छन् ।

    अरब देशहरूमा युवा बेरोजगारीदर सबैभन्दा बढी २६.२ प्रतिशत रहेको छ भने उत्तरी अफ्रिकामा यो दर २२.६ प्रतिशत छ ।

    विकसित अर्थतन्त्र भएका देशमा पनि स्थिति बिग्रिएको छ । उत्तरी अमेरिकामा युवा बेरोजगारी दर सन् २०२३ को ८.३ प्रतिशतबाट बढेर सन् २०२५ मा ९.८ प्रतिशत पुगेको छ । यस्तै, उत्तरी, दक्षिणी र पश्चिमी युरोपमा यो दर १५ प्रतिशत रहेको छ । भारतमा भने युवा बेरोजगारी दर १६.०२ प्रतिशत रहेको छ । प्रतिवेदनले नेपालका लागि छुट्टै युवा बेरोजगारीको तथ्यांक भने दिएको छैन ।

    Post Views: 12
    प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०४:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन
    पत्रकार किशोर श्रेष्ठ पक्राउ
    नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत
    Advertisement
    ताजा अपडेट
    • १. विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन

    • २. विश्वमा ६.७ करोड युवा बेरोजगार नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भ उद्धृत गर्दै आईएलओले दियो चेतावनी !

    • ३. पत्रकार किशोर श्रेष्ठ पक्राउ

    • ४. नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

    • ५. बालेनको कुटनीतिक यूटर्न ? चार महिनापछि ‘वान टु वान’ संवाद !

    चर्चित
    • १. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • २. बालेनको कुटनीतिक यूटर्न ? चार महिनापछि ‘वान टु वान’ संवाद !

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. विश्वका ठूला अत्यन्त आकर्षक मानिएका शहरको मौलिकता किन हराउँदै गयो ? कारण बढ्दो आप्रबासन हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.