• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ब्रह्माण्ड अनुसन्धाता स्टिफन हकिङ: जसले मानव चेतना उकासिदिए

  •  
  • २०७८ भाद्र ८, मंगलवार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका एस्ट्रोफिजिसिस्ट स्टिफन हकिङ आम मानिसका लागि पनि प्रिय वैज्ञानिक थिए । किनभने, उनी आम मानिसप्रति चासो राख्ने विश्व ब्रह्माण्ड शास्त्री, लेखक र असाधारण रोगलाई जित्दै बाँचिरहेका असामान्य मानिस थिए ।

    अल्बर्ट आइन्स्टाइन, आइज्याक न्यूटन हाराहारीकै महान् वैज्ञानिक हकिङको जीवन उनीहरू जस्तो सहज थिएन । मोटोर न्यूरोन नामक शरीरका अंगहरू अचेत हुने रोगबाट ग्रस्त हकिङको पारिवारिक जीवन पनि जटिले थियो ।

    हिंड्न, बोल्न नसक्ने उनले कम्प्युटराइज्ड सिन्थेसाइजर लगायत उपकरणका माध्यमबाट संवाद गर्र्थे । हकिङ सधैं स्वचालित ह्विलचेयरमा रहन बाध्य थिए, तर उनको कल्पनाशीलता र अनुसन्धान सामथ्र्यलाई रोगले छेक्न सकेन ।

    उनले भौतिक विज्ञानका गुरुत्वाकर्षण, ब्रह्माण्ड विज्ञान, क्वान्टम थ्यौरी, कम्युनिकेशन थ्यौरी र थर्मोडाइनामिक्स जस्ता अनेक क्षेत्रको व्याख्या एकसाथ गर्ने प्रयास गरे ।

    ब्ल्याक होल र बिग ब्याङ्ग
    हकिङले सबभन्दा उल्लेखनीय अनुसन्धान ब्ल्याक होलका क्षेत्रमा गरे । सन् १९५९ मा अक्सफोर्ड युनिभर्सिटीमा स्नातकको छात्र हुँदादेखि नै उनले ब्ल्याक होलबारे अध्ययन शुरू गरिसकेका थिए ।

    उनले भौतिक विज्ञानमा स्नातकोत्तरपछि युनिभर्सिटी अफ क्याम्ब्रिजमा विद्यावारिधि अध्ययन गर्दा आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षता (जनरल रिलेटिभिटी) को सिद्धान्तलाई थप व्याख्या गरेर ब्ल्याक होलबारे अनुसन्धान गर्न थाले ।

    त्यसै बेलादेखि हो उनको असाधारण मानसिक क्षमताबारे मानिसहरूले थाहा पाउन थालेको । उनलाई मोटर न्यूरोन (एम्योट्रोफिक लेटरल सिलेरोसिस) ले समातेको त्यही समयमा थाहा भएको थियो ।

    हकिङका अनुसार ब्ल्याक होलको पतन बिग ब्याङ्ग थियो । सापेक्षताको अर्थ ब्ल्याक होलको केन्द्र (सिंगुलारिटी) बाट ब्रह्माण्ड शुरू भएको भन्ने हो ।

    सन् २००७ मा स्टिफन अन्तरिक्ष यानमा बसेर पृथ्वीभन्दा पर पुगे र शून्य गुरुत्वाकर्षणको अनुभव लिए । तस्वीर: एएफपी
    हकिङले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै विन्दुबाट भएको र त्यस्तै विन्दुमा अन्त्य हुने बताए । उनले पेन रोजसँग मिलेर सन् १९७० मा प्रकाशित गरेको थेसिसले विश्वभर चर्चा पाएको थियो ।

    त्यसबेला उनलाई रोगले असाध्य च्यापिसकेको थियो । ह्विलचेयरको सहारा लिइसकेका उनले प्रतिपादन गरेको ब्रह्माण्ड उत्पत्तिको सिद्धान्त अझैसम्म अकाट्य मानिन्छ । उनको अनुसन्धानपछि ब्ल्याक होलबारे नयाँ खोज हुन थाल्यो ।

    ब्ल्याक होलले सबै चिज आफूमा समाहित गर्छ र यसको भार बढ्छ भन्ने हकिङको शुरूको धारणा थियो । पछि उनले ब्ल्याक होलको आकार घट्न पनि सक्छ भन्ने खोज गरे । त्यसअनुसार, ब्ल्याक होल खुम्चँदै जाँदा त्यसबाट ऊर्जा (रेडियसन) उत्सर्जन हुन्छ र विस्तारै ब्ल्याक होल नष्ट हुन्छ ।

    हकिङले ब्ल्याक होलको इभेन्ट होराइजनमा पुगेपछि कण वा प्रकाशका किरण समेत ब्रह्माण्डमा फिर्ता आउँदैन भन्ने पत्ता लगाए ।

    स्टिफन हकिङले भौतिक विज्ञानका दुई बेग्लाबेग्लै सिद्धान्त– क्वान्टम थ्यौरी र जनरल रिलेटिभिटीलाई एउटै सूत्रबाट व्याख्या गर्ने प्रयास गरे ।

    क्वान्टम थ्यौरीले परमाणु जस्ता निकै सूक्ष्म चिजको अध्ययन गर्छ भने रिलेटिभिटीको सिद्धान्तले आकाश गंगा, तारा, गुरुत्वाकर्षण र ब्रह्माण्डमा हुने ठूला घटनाको व्याख्या गर्छ । यो अनुसन्धानलाई उनले पूर्णता दिन नसके पनि अनुसन्धानको बाटो बनाइदिएका छन् ।

    हकिङलाई ब्रह्माण्डका सबै शक्तिहरूलाई एउटै सिद्धान्तबाट व्याख्या गर्न सकिन्छ भन्ने लाग्थ्यो र उनी त्यस्तो सिद्धान्त निर्माणमा प्रयासरत थिए । पूर्वीय दर्शनमा ‘ब्रह्मसूत्र’ भनेजस्तो त्यस्तो सिद्धान्त बनाउन उनको कल्पनाशीलता र अनुसन्धान अघि बढे पनि पूरा हुन सकेन ।

    हकिङले आफ्नो थ्यौरी अफ एभ्रिथिङ मा ब्रह्माण्डको निर्माण स्पष्ट रूपमा परिभाषित सिद्धान्त अनुसार भएको बताएका छन् । यो सिद्धान्तले पूर्णता पाउँदा ब्रह्माण्ड निर्माण, वर्तमान अवस्था र अन्त्यबारे सबै कुरा स्पष्ट हुने उनको विश्वास थियो ।

    त्यो अवस्थामा मानिसहरूले ब्रह्माण्ड रचनामा ईश्वरको देन छ, छैन भन्ने कुरा बुझने उनी बताउँथे ।

    हकिङ इच्छाशक्ति भए मानिस जे गर्न पनि सक्षम छ भन्ने दृष्टान्त हुन् । असाधारण रूपमा कठिन शारीरिक अवस्थामा उनले गरेका वैज्ञानिक खोज र ब्रह्माण्डसम्बन्धी ज्ञान सामान्य पाठकले समेत बुझने गरी अ ब्रिफ हिस्ट्री अफ टाइम मा लेखेका छन् ।

    सन् १९८८ मा प्रकाशित यो पुस्तक आजसम्म डेढ करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । यो पुस्तकले ब्रह्माण्ड शाश्वत हो कि कसैले यसको रचना गर्‍यो ? मनुष्यको उद्भव संयोग मात्र हो या ब्रह्माण्ड उपयोगको लागि हो ? भन्ने जस्ता प्रश्नहरूको जवाफ दिन खोजेका छन् ।

    यो पुस्तक २३७ सातासम्म सन्डे टाइम्स को बेस्टसेलर सूचीमा रहेका कारण पनि चर्चित भयो । ४० भाषामा अनूदित भौतिकशास्त्रको यो पुस्तकमा आधारित फिल्म पनि बनेको छ ।

    सन् १९९३ मा प्रकाशित अर्को पुस्तक ‘ब्ल्याक होल्स एण्ड बेबी युनिभर्सेस एण्ड अदर एसेस’ मा हकिङले ब्रह्माण्ड सम्बन्धी आफ्ना अनेकौं अध्ययनलाई रोचक पारामा प्रस्तुत गरेका छन् ।

    उनले भनेका छन्, “मैले अनुसन्धानहरू गरेर ब्रह्माण्डको रहस्य खोलें । मानिसहरू मेरो कामबारे थाहा पाउन उत्सुक भएको देख्दा मलाई गर्व महसूस हुन्छ ।”

    स्टिफन हकिङ संसार ईश्वरबाट सञ्चालित छ भन्नेमा विश्वास गर्दैनथे । उनलाई लाग्थ्यो यो विश्वभन्दा बेग्लै अर्को संसार पनि छ, तर उनीसँग त्यसको स्पष्ट प्रमाण थिएन । उनी त्यो पुष्टि गर्ने कोशिशमा थिए ।

    उनले भगवानको अस्तित्व खारेज गरेर सृष्टिको श्रेय गुरुत्वाकर्षणको नियमलाई दिएका छन् । सन् २०१० मा प्रकाशित द ग्राण्ड डिजाइन पुस्तकमा उनले लेखेका छन्– ‘ब्रह्माण्ड फेरि एक पटक शून्यबाट शुरू हुन सक्छ र हुनेछ ।

    त्यसरी अचानक हुने खगोलीय घटना नै हाम्रो अस्तित्वका लागि जिम्मेवार छ । त्यस्तो अवस्थामा ब्रह्माण्ड सञ्चालन गर्न ईश्वरको आवश्यकता पर्दैन ।’

    हकिङले आफ्नो लेक्चर ‘लाइफ इन द यूनिभर्स’ मा एलियनबारे विचार राखेका छन् । ब्रह्माण्डमा पृथ्वी जस्ता अनेकौं तारा र तिनमा जीवन हुनसक्ने अनुमान गरेका छन् ।

    ग्लोबल वार्मिङप्रति संसारको ध्यानाकर्षण गर्न उनी पर्यावरण मुद्दामा कठोर टिप्पणी गर्थे, राजनीतिप्रति चासो राख्थे र समकालीन विज्ञान जगतमा मस्त रहन्थे । फुर्सदको समयमा उनी आइन्स्टाइनजस्तै शास्त्रीय संगीत सुन्थे । मोजार्ट र विथोभेनलाई सुनेर उनी आफ्नो शारीरिक अवस्था बिर्सन्थे ।

    हकिङ २५ पुस १९९८ मा बेलायतको अक्सफोर्डमा जन्मिएका थिए । २१ वर्षको उमेरमा विद्यावारिधि अध्ययन शुरू गर्दा मोटोर न्यूरोन डिजिजको शिकार बनेका उनलाई डाक्टरहरूले अधिकतम दुई वर्ष बाँच्छौ भनेका थिए ।

    डाक्टरहरूलाई झूटो सावित गर्दै ७६ वर्ष बाँचेर २९ फागुन २०७४ मा दिवंगत भएका स्टिफन हकिङले विश्व मानव समाजलाई ठूलो योगदान दिएका छन् । भौतिकशास्त्र (त्रिवि) का प्राध्यापक उदयराज खनाल संसारमा भौतिक विज्ञानको अध्ययन हुँदासम्म हकिङलाई पढिने बताउँछन् ।

    खनालका विचारमा, हकिङका खोजहरूले भौतिक रूपमा मानव जीवनलाई प्रत्यक्ष योगदान दिन अझै केही समय लाग्ला, तर उनले मानव चेतनालाई भने आफ्नै जीवनकालमा उकासिदिएका छन् ।

    प्राध्यापक खनाल भन्छन्, “स्टिफन हकिङको मानवीय पक्ष समेतलाई विचार गर्ने हो भने उनी आइन्स्टाइनपछिका महान् वैज्ञानिक हुन् ।”

    आइतबार, ४ चैत, २०७४, ११:१७:१७ मा हिमानखबरमा प्रकाशित

    Post Views: 363
    प्रकाशित मिति: २०७८ भाद्र ८, मंगलवार ०७:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !
    परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • २. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    • ३. परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.