• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

न्युजिल्याण्डमा पनि आप्रबासी कामदार भिसामा कडाइ

  •  
  • २०८० चैत्र २८, बुधबार ०४:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वव्यापी आर्थिक मन्दि शुरु भएसंगै नेपालीका लागि राम्रा आप्रवासनको गन्तव्य बन्दै आएको अर्को देश न्यूजिल्याण्डमा पनि आप्रवासीमाथी निकै कडाई शुरु भएको छ । अस्थिर आप्रवासनलाई नियन्त्रण गर्न भन्दै न्युजिल्याण्डले कामदार भिसामा कडाइ गरेको छ । न्युजिल्याण्ड प्रवेश गर्ने आप्रवासीको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि आप्रवासन नीतिमा कडाइ गरेको न्युजिल्याण्डका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
    कम दक्ष आवेदकहरूका लागि अब अंग्रेजी भाषा परीक्षाको मापदण्ड परिवर्तन गर्न लागिएको छ भने उनीहरूलाई पाँच वर्षको सट्टा तीन वर्षको प्रवेशाज्ञा दिने भएको छ। यसअघि न्युजिल्याण्डले पाँच वर्षको प्रवेशाज्ञा जारी गर्दै आएको थियो । ‘सरकारी अर्थतन्त्र सबलीकरणका लागि व्यवस्थित आप्रवासन जरुरी छ,’ न्युजिल्याण्डका आप्रवासन मन्त्री इरिका स्ट्यानफोर्डले भनेकी छन्, ‘मुलुकको आवश्यकता अनुसार आप्रवासन नीति बनाउन अत्यावश्यक छ ।’

    गत वर्षमात्रै न्युजिल्याण्डमा १ लाख ७३ हजार आप्रवासी कामदार भित्रिएका थिए । अहिले आप्रवासी कामदारका लागि नीति परिवर्तन गर्दै उनीहरूको कार्यअनुभव तथा दक्षता परीक्षणमा कडाइ गरिएको छ । अबदेखि रोजगारदाताहरूले कामदारलाई काम प्रस्ताव गर्नुअघि मापदण्डमा तोकिए बमोजिम सबे जाँचबुझ गर्नुपर्नेछ ।

    यसअघि वेल्डिङ, सिलाई लगायतका ११ वटा कामका कामदार भित्र्याउने र उनीहरूलाई स्थायी बसोबास अनुमति दिने तयारी न्युजिल्याण्ड सरकारको थियो । विविसिमा उल्लेख गरिएको समाचार अनुसार आप्रवासी कामदाहरूमाथि शोषण नहोस् भन्नका लागि आप्रवासन नीतिमा परिमार्जन गरिएको मन्त्री स्ट्यानफोर्डको भनाइ छ ।

    ‘व्यवस्थित आप्रवासनको सुरुवात गरेर निकट भविष्यमा वृहत कार्यक्रमार्फत आप्रवासीहरूको हित सुनिश्चित गर्ने गरी सरकार अघि बढ्नेछ,’ उनले भनेकी छन् । ५।३ मिलियन जनसङ्ख्या रहेको न्युजिल्याण्डमा सन् २०२२ देखि उल्लेख्य सङ्ख्यामा आप्रवासी बढिरहेका छन् ।

    अब सरकारले मुलुकमा अभाव रहेका कामदारको सूचीकरण गरी उनीहरूलाई मात्रै प्राथमिकता दिने भएको छ । यस्तै रोजगारमा पहिलो प्राथामिकता नागरिकलाई दिएर पदपूर्ति गर्ने र त्यसपछि आवश्यक परेका ठाउँमा आप्रवासी कामदारलाई अवसर दिने सरकारी नीति छ ।

    अझै पनि आप्रवासन व्यवस्थित नगर्ने हो भने घरजग्गा तथा बसोबासको मूल्य ह्वात्तै बढ्ने नीति निर्माताहरूले चेतनावी दिंदै आएका छन् । यद्यपि रोजगारदाताहरूले भने आप्रवासी कामदार कटौती गर्ने हो भने उत्पादनमा समस्या आउनसक्ने बताएका छन् ।

    अर्कोतर्फ न्युजिल्याण्डकै नागरिकहरू अन्यत्र गइरहेका छन् । गत वर्षमात्रै न्युजिल्याण्डका ४७ हजार नागरिक अन्य मुलुकमा बसाइँ सरेका थिए।

    Post Views: 176
    प्रकाशित मिति: २०८० चैत्र २८, बुधबार ०४:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.