Newyork Time 03:28 am
May 17, 2024, Friday
२०८१ जेष्ठ ४

चर्चित अमेरिकी अभिनेता ओजे सिम्पसनको निधन

२०८० चैत्र ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

315

 

अमेरिकाका पूर्वफुटबल स्टार तथा अभिनेता ओजे सिम्पसनको ७६ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९९५ मा आफ्नी पूर्वपत्नी निकोल ब्राउन र उनका साथीको हत्या आरोपबाट सफाइ पाएका थिए। यो मुद्दा अमेरिकामा निकै चर्चित भएको थियो। यसअघि उनी २००८ मा हतियार डकैती मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो, जसमा उनी २०१७ मा रिहा भएका थिए। उनको मृत्युबारे जारी विज्ञप्तिअनुसार उनले आफ्ना छोराछोरी र परिवारको साथमै रहँदा अन्तिम सास लिएका हुन्। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।

१९९४ मा सिम्पसन आफ्नी पूर्वपत्नी निकोल ब्राउन र साथी रोन गोल्डम्यानको हत्या हुँदा एक संदिग्धका रूपमा पक्राउ परेका थिए। लस एन्जलसमा ब्राउनको घरबाहिर छुरा प्रहार गरेर हत्या गरिएको थियो। यस घटना पहिलो शंका सिम्पसनलाई गरिएको थियो। अदालतमा हाजिर हुने दिन उनी भागेका थिए। जब प्रहरीले सिम्पसनलाई पछ्याइरहेको थियो र उनी आफ्नो कारमा भागिरहेका थिए, न्युज च्यानलहरूले त्यसको लाइभ प्रसारण गरेका थिए।
सिम्पसनको ट्रायललाई अमेरिकामा ‘ट्रायल अफ द सेन्चुरी’ भनिन्छ । अभियोजकहरूले सिम्पसनले ब्राउनलाई घृणाका कारण मारेको दाबी गरेका थिए। रगत, कपाल र फाइबर प्रमाणका रूपमा पेस गरेका थिए। तर उनको बचाउ गर्ने पक्षले उनलाई रंगभेद भइरहेको तर्क गरेका थिए।

मुद्दाको सबैभन्दा चर्चित क्षणमध्ये एउटा के थियो भने जब अभियोजकहरूले सिम्पसनलाई हत्यास्थलमा फेला परेको रगत लतपतिएको पन्जा लगाउन भने, तर त्यो सिम्पसनको हातमा फिट भएन । त्यसपछि सिम्पसनका वकिलमध्ये एक जोनी कोचरानले जब उनको हातमा त्यो पन्जा फिट भएन भने उनले सफाइ पाउनुपर्छ भन्ने तर्क गरिन्। यसपछि अन्ततः अदालतले सिम्पसनका पक्षमा फैसला गर्दै भन्यो– उनी सय प्रतिशत निर्दोष छन्। अमेरिकी अदालतको फैसलाको विषयमा उनको विष्यामा भएको फैसला एउटा उदाहरणीय हो र संधै चर्चामा रही रहेको छ ।