• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनको संलग्नतामा जनही १७ लाख लिएर २३ जना जापान पुर्याए (को को ठगिए नामावलीसहित)

  •  
  • २०८१ श्रावण १६, बुधबार ०६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पचास जना नेपालीलाई भिजिटिड भिषामा जापान बोलाएर शरणार्थी बनाउन खोजेपछि बाहिरिएको मानव तस्करी काण्डमा गैरआवासिय नेपाली संघ जापानको संलग्नता भेएिको छ । सो कार्यमा सलंग्न समिर लामा नामक व्यक्ति पक्राउन परेपछि उनले गैरआवासिय नेपाली संघ जापानको लेटरहेडमा ती मानिसहरुलाई एनआरएन जापानको लेटरहेडमा आमन्त्रण गरिएको तथ्य खुलेको छ । मानव तस्करीमा संलग्न लामा हिजो काठमाडौंबाट पक्राउ परेपछि तथ्यहरु खुलेका हुन । सोमबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको फ्लाइटमार्फत् जापानबाट काठमाडौं आएका समीर लामालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। समीरले नेपालीलाई जापान भित्र्याउनका लागि आवश्यक कागजात बनाउन काठमाडौँको धुम्बाराहीमा रहेको ड्रिम ट्राभल र ठमेलमा रहेको अर्किड ट्राभलले सहयोग गरेको बताएका थिए ।

    उनले ट्राभल एजेन्सी सञ्चालनको नाम भने खुलाएका थिएनन् ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको एसएसपी ओम रानाले जानकारी दिए । उनले प्रतिव्यक्ति १७ देखि २३ लाख सम्म लिएको बताइएको छ । यस घटनामा एनआरएन जापानका अध्यक्ष नवीन निउरे र उपाध्यक्ष सुवास लामिछानेले स्पोन्सरसहित निम्तो पठाएपछि काठमाडौंस्थित जापानी दूतावासले भिसा जारी गरेको देखिन्छ । एनआरएनए जापानले भने लेटरहेड र पदाधिकारीको हस्ताक्षर र अन्य कागजात दुरुपयोग गरेर भिसा मागिएको भन्दै खण्डन गरेका छन यद्दपि मुख्य अभियुक्त प्रक्राउ परेकोले सत्य तथ्य बाहिर आउने बताइएको छ । पीडितहरू पनि प्रहरीको सम्पर्कमा आउन थालेको उनले बताइएको छ ।

    एनआरएनए जापानको कागजात नै प्रयोग गरी मानिसहरूलाई जापान लैजाने काम गरेको भन्दै आलोचना हुँदै आएको थियो। आलोचना भएपछि एनआरएनए जापानले गत मंगलबार पत्रकार सम्मेलन गरी एनआरएनएको संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिएको थियो। उक्त पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूलाई एनआरएनएको फर्जी कागजात प्रयोग गरी पर्यटन भिसामा जापान ल्याएको भन्दै समीर लामाले पनि स्वीकारेको उपाध्यक्ष सुभास लामिछानेले जानकारी दिएका छन। एनआरएनए जापानले जापानस्थित नेपाली दूतावासमार्फत केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई निवेदन पठाइएको थियो। यो प्रकरणको जिम्मेवारी लामा एक्लैले लिएपनि जापानका नेपाली त्यो मान्न तयार छैनन् । जापानका नेपालीको आशंका छ– यसका पछाडि ठूलो गिरोहको संग्लनता छ ।

    समिर लामालाई स्वीकार्न लगाएर अरु जोगिन खोजिरहेका छन् ।’ जापानको अध्यागमन र जापान प्रहरीमार्फत यसको छानबिन गर्नुपर्ने उनीहरूको माग हुन थालेको छ । लामालाई जापानमै कारवाही एनआरएनको लेटरहेड कसरी उनले पाए त्यो विषय खोजी हुनु पर्ने विषय हो तर लहरो तान्दा पहरो तानिने संभावना भएकोले घटना लुकाउने प्रयास भई रहेको बताईन्छ । एनआरएन अभियान नै कोमामा रहेको बेला आईसिसिमा रहेका केहि नेताहरुले त्यो घटनालाई सामसुम पार्ने प्रक्रियामा सक्रिय रहेको आशंका छ । विगतमा पनि जापानमा एनआरएनले कार्यक्रम गर्ने नाममा थुपै्र व्यक्ति बोलाएर लाखौ रुपिया लिने र उतै लुकाउने आरोप लाग्ने गरेको थियो । यो पटक मुख्य अभियूक्त पत्रलाउ परेपछि बाँकी कसुरहरु खुल्दै जाने पक्का छ । हामीले भेटाएका २३ जनाको नाम र एनआरएनको लेटर हेडमा लेखिएको प्रमाण यहाँ प्रस्तुत गरेका छौं ।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ श्रावण १६, बुधबार ०६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.