• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नोभेम्बर २३ मा अस्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव

  •  
  • २०८१ मंसिर ३, सोमबार ०४:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अस्ट्रेलियाको सिड्नीमा आगामी हप्ता नोभेम्बर २३ मा नेपाल महोत्सव आयोजना हुने भएको छ । आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । हरेक दुई वर्षमा गैरआवासीय नेपालीको संगठन एनआरएनएले आयोजना गर्दै आएको महोत्सव सिड्नीको पर्यटकीय स्थल डार्लिङ्ग हार्बरस्थित टुम्बालोङ्ग पार्कमा हुँदैछ । महोत्सवमा न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्स प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

    नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना हुने गरेको छ । महोत्सवमा प्रिमियरका साथै अस्ट्रेलियाका उच्च राजनीतिक नेता तथा सांसदहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

    एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले महोत्सवको तयारी तीब्ररुपमा भइरहेको जानकारी दिँदै यसवर्षको महोत्सवमा ३० हजार बढीले अवलोकन गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली खाना, गरगहना, हस्तकला, पर्यटन लगायतका बिभिन्न स्टलहरु राखिनेछ भने महोत्सवका आगन्तुकका लागि बिभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

    महोत्सवमा सहभागीलाई नेपाल चिनाउने उद्देश्यका साथ नेपाल हाउसको स्थापना गरिनेछ । जसमा धरहरा, ढुङ्गेधारा, पशुपतिनाथ, बौद्ध स्तुपा लगायतका प्रतिमाको स्थापना हुनेछ । महोत्सवको सुरुवातमा नेपाली पोशाक तथा बाजागाजासहित सिड्नी शहरको मुख्य क्षेत्रमा सांस्कृतिक परेडको आयोजना हुनेछ ।

    Post Views: 179
    प्रकाशित मिति: २०८१ मंसिर ३, सोमबार ०४:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.