• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पद्धारा ब्रिक्सलाई डलरको विकल्प नखोज्न चेतावनी

  •  
  • २०८१ मंसिर १७, सोमबार ०७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई चेतावनी दिएका छन् । उनले ब्रिक्स देशहरूलाई अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत ’ट्यारिफ’ लगाउने बताएका हुन । ट्यारिफ भनेको कुनै देशको सरकारले आयातित वस्तु वा सेवाहरूमा लगाउने कर हो । यस चेतावनीसँगै ट्रम्पले भारत, रुस, चीन र ब्राजिल रहेका नौ सदस्यीय समूह ब्रिक्ससँग प्रतिबद्धता मागेका छन् ।

    ब्रिक्स सन् २००९ मा गठन भएको होे । यो एकमात्र प्रमुख अन्तर्राष्ट्रिय समूह हो जसको संयुक्त राज्य अमेरिका हिस्सा छैन । यसका अन्य सदस्यहरू दक्षिण अफ्रिका, इरान, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स हुन् । पछिल्ला केही वर्षहरूमा केही ब्रिक्स सदस्य देशहरू, विशेष गरी रूस र चीनले अमेरिकी डलरको विकल्प खोजिरहेका छन् वा बरु, तिनीहरूले आफ्नै ब्रिक्स मुद्रा सिर्जना गरिरहेका छन् । तर, रुस र चीनको यो कदममा भारत अहिलेसम्म सहभागी भएको छैन । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले भनेका छन्, ‘ब्रिक्स देशहरू डलरबाट टाढा जान खोजिरहेका छन् । हामीलाई यी देशहरूबाट एउटा प्रतिबद्धता चाहिन्छ कि उनीहरूले न नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त अमेरिकी डलरलाई प्रतिस्थापन गर्न अर्को मुद्रालाई समर्थन गर्नेछन् । यदि यी देशहरूले यसो गर्नेबारे सोच्छन् भने उनीहरूले १०० प्रतिशत ट्यारिफको सामना गर्नुपर्नेछ ।’

    यस्तै, ब्रिक्सले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने कुनै सम्भावना नरहेको पनि बताएका छन् । यदि कुनै पनि देशले यस्तो गर्न खोजे शुरूमा अमेरिकाबाट टाढा रहनुपर्ने उनको भनाइ छ । २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए । यो विचार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रस्ताव गरेका थिए ।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार ०७:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’
    विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • ४. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ५. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. यूएनको कार्यक्रममा मन्त्रालयका सचिवलाई बाइपास, मन्त्रिका सचिवलाई न्युयोर्कमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.