• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशमा भएको सम्बन्धविच्छेदलाई नेपाली अदालतबाट पनि मान्यता

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ७, मंगलवार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विदेशी अदालतमा मुद्दा चलेर भएको सम्बन्धविच्छेदले नेपालमा पनि कानुनी मान्यता पाउने सर्वोच्च अदालतले फैसला गरेको छ । नवलपरासीका नारायण सापकोटा र चितवनकी प्रमिसा दवाडीबीचको सम्बन्धविच्छेदको मुद्दामा अन्तर्राष्ट्रिय क्षेत्राधिकार लागू भएको र अन्तर्राष्ट्रिय निजी कानुनको सिद्धान्तअनुसार विदेशमा भएको फैसलालाई आधार बनाएर सर्वोच्चले नेपालमा पनि त्यसले मान्यता पाउने फैसला गरेको हो ।

    सर्वोच्चको फैसलाले सम्बन्धविच्छेदको यो मुद्दामा नयाँ नजिरसमेत प्रतिपादन गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाले प्रतिपादन गरेको नजिरअनुसार विदेशी अदालतमा भएको फैसलाले कानुनी मान्यता पाउन तीन सर्त पूरा भएको हुनुपर्नेछ । जुन मुलुकको अदालतले फैसला गरेको हो, उक्त मुलुकमा उक्त फैसलाले मान्यता पाउने र कार्यान्वयन हुन सक्ने हुनुपर्ने पहिलो सर्त छ ।

    दोस्रो सर्तमा फैसलाउपर पुनरावेदन वा पुनरावलोकन हुन सक्ने अवस्था विद्यमान नरही अन्तिम भएको हुनुपर्छ । फैसला सक्षम अदालत बाट जारी गरिएको हुनुपर्ने सर्वोच्चको तेस्रो सर्त छ । सापकोटा र दवाडीको मुद्दामा यी तीनै सर्त पूरा भएकाले विदेशी अदालतको निर्णयले नेपालमा कानुनी मान्यता पाउने सर्वोच्चको फैसलामा उल्लेख छ ।

    ‘प्रत्यर्थी/वादी र पुनरावेदक/प्रतिवादीको सम्बन्धविच्छेद हुने गरी अस्ट्रेलियाको फेडरल सर्किट कोर्टले गरेको सम्बन्धविच्छेदको निर्णयले निजी अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त, मुलुकी देवानी संहिता, २०७४ को दफा ७०६ तथा यस अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तसमेतका आधारबाट मान्यता पाउने भए तापनि,’ फैसलामा भनिएको छ, ‘सो मितिभन्दा आठ महिनाअगावै प्रत्यर्थी/वादीले पुनरावेदक/प्रतिवादीबाट सुरु जिल्ला अदालतमा अंश मुद्दा दायर गर्दाका बखत मुद्दा गर्ने हकदैया रहेकै हुँदा प्रतिवादीबाट पेस भएको तायदातीमा उल्लेख भएको दर्ता स्रेस्ता मिले भिडेको सम्पत्तिबाट प्रत्यर्थी/वादीले दुई भागको एक भाग अंश पाउने गरी सुरु जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी उच्च अदालत पोखराबाट भएको फैसला कानुन र न्यायको रोहमा मनासिब हुँदा अन्यथा परिवर्तन गरिरहनुपरेन ।’

    सापकोटा र दवाडीबीच २०६९ माघ ३० मा विवाह भएको थियो । विवाहपछि सापकोटा अस्ट्रेलिया गएका थिए । र, केही पछि पत्नीलाई पनि बोलाएका थिए । तर, अस्ट्रेलियामा उनीहरूबीच मनमुटाब भई त्यहाँको अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो । अस्ट्रेलियामा मुद्दा चल्दै गर्दा सापकोटाले आफूमाथि पत्नीयोचित व्यवहार नगरेकाले भरणपोषणका लागि अंशको माग गर्दै दवाडीले नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

    अस्ट्रेलियाको अदालतले उनीहरूबीच सम्बन्धविच्छेद हुने फैसला गरेको थियो । अस्ट्रेलियामा सम्बन्धविच्छेद भइसकेकाले दवाडीलाई नेपालमा अंश दिइरहने कानुनी दायित्व नभएकाले उनको मुद्दा खारेज हुनुपर्ने जिकिर गर्दै सापकोटाले जिल्ला अदालतमा प्रतिउत्तर फिराएका थिए । तर, जिल्ला न्यायाधीश विदुर कोइरालाले २०७४ चैत ५ म फैसला गर्दै अस्ट्रेलियामा सम्बन्धविच्छेद भए पनि प्रमिसाले नेपालमा अंश मुद्दा त्यसअघि नै दायर गरेकाले कानुनअनुसार अंश पाउने फैसला गरेका थिए ।

    त्यसविरुद्ध सापकोटाले गरेको पुनरावेदनमा उच्च अदालत पोखराले पनि २०७६ भदौ १७ मा सुरु अदालतकै फैसलालाई सदर गरेको थियो । उच्चको फैसलाविरुद्ध सापकोटाले दायर मुद्दामा सर्वोच्चले पनि उच्च र जिल्लाकै निर्णयलाई सदर गर्दै विदेशी अदालतमा भएको सम्बन्धविच्छेदले नेपालमा मान्यता भने पाउने फैसला गरेको हो ।

    from ekantipur

     

    Post Views: 355
    प्रकाशित मिति: २०८२ जेष्ठ ७, मंगलवार ०८:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा
    राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज
    Advertisement
    ताजा अपडेट
    • १. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • २. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ३. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    • ४. इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

    • ५. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.