• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्यारिफ समायोजन गर्न मूल्य बढाउने तयारीमा अमेरिकी कम्पनीहरु

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ८, बुधबार ०३:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाका अधिकांश कम्पनीहरूले ट्यारिफलाई समायोजन गर्न मूल्य बढाउनुपर्ने निश्कर्षमा पुगेको एक नयाँ अध्ययन प्रतिवेदनले देखाएको छ । बीमा कम्पनी एलिएन्जद्वारा सर्वेक्षण गरिएको अमेरिकी कम्पनीहरूमध्ये ५४% ले ट्यारिफको लागत समायोजन गर्न मूल्य बढाउनुपर्ने बताएका छन् । अमेरिका, बेलायत, चीनलगायत नौ देशका ४ हजार ५०० कम्पनीहरूलाई समेटिएको सो सर्वेक्षणमा जम्मा २२% कम्पनीहरूले मात्र लागत वृद्धिलाई आफैंले व्यहोर्न सक्ने बताएका छन् ।

    अमेरिकी व्यापार नीतिको अनिश्चितताले पनि निर्यातकर्ताहरूको आत्मविश्वासमा चोट पुगेको बताइएको छ । सर्वेक्षणले देखाएको छ कि हाल ४२% निर्यात गर्ने कम्पनीहरूले आगामी १२ महिनामा आफ्नो कारोबार –२% देखि –१०% ले घट्ने अपेक्षा गरेका छन्, जुन २ अप्रिलमा जब ट्रम्पले आफ्नो ट्यारिफ नीति सार्वजनिक गरे भन्दा पहिले ५% भन्दा कम थियो । यद्यपि राष्ट्रपति ट्रम्पले सुरुमा प्रस्ताव गरेका धेरै ट्यारिफहरू पछि हटाएका छन्, केही प्रमुख ट्यारिफहरू अझै कायम छन् । जसमा सबै अमेरिकी आयातमा १०% को ट्यारिफ, चिनियाँ आयातमा ३०% को ट्यारिफ, र फलाम तथा अटो पाट्र्सजस्ता विशेष उद्योगहरूमा थप शुल्कहरू समावेश छन् ।

    ट्रम्पले ट्यारिफले अमेरिका “फेरि धेरै धनी” बनाउने दाबी गर्दै आएका छन् । तर व्यापक मुल्य बेद्धि को उपभोक्ताहरुले सामना गरिरहेका छन । मिशिगन विश्वविद्यालयको सामाजिक अनुसन्धान संस्थानका अनुसार, अप्रिलमा उपभोक्ताहरूको मुद्रास्फीतिको अपेक्षा सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको बताएको छ । सीधै मूल्य वृद्धि गर्दा ग्राहकहरू टाढा जान सक्छन् भन्ने डरले, धेरै कम्पनीहरूले तुरुन्तै मूल्य नबढाई केही समय ट्यारिफको असरबाट जोगिन स्टक जम्मा गर्न थालेको द गार्जियन समाचारले जनाएको छ ।

    १० मध्ये झण्डै ८ अमेरिकी कम्पनीहरूले ट्रम्पले ट्यारिफ घोषणा गर्नु अघि नै चीनमा पठाउने सामानहरू अग्रिम रूपमा ढुवानी गरेको बताएका छन् । तिनीहरूमध्ये २५% ले भनेका छन् कि उनीहरूले यो प्रक्रिया २०२४ को नोभेम्बर चुनावभन्दा अगाडि नै सुरु गरिसकेका थिए ।

    अप्रिल महिनाको मुद्रास्फीति तथ्यांकले मूल्य वृद्धिमा उल्लेखनीय परिवर्तन नदेखाए पनि, अर्थशास्त्रीहरू भन्छन् कि ट्यारिफ–सम्बन्धी मूल्यवृद्धिको असर देखिन केही समय लाग्छ । कम्पनीहरूले पनि अब यो लागत केही हदसम्म उपभोक्तामाथि सारिने बताएका छन् ।

    रिपोर्टमा संलग्न अधिकांश कम्पनीहरू (६०%) ले ट्यारिफले उनीहरूको व्यापारमा नकारात्मक असर पार्ने अपेक्षा गरेको जनाएका छन् । यस वर्ष सकारात्मक निर्यात वृद्धिको अपेक्षा गर्ने कम्पनीहरूको संख्या ५०% भन्दा कममा झरेको छ, जबकि वर्षको सुरुमा ८०% कम्पनीहरूले त्यस्तो अपेक्षा गरेका थिए ।

    Post Views: 270
    प्रकाशित मिति: २०८२ जेष्ठ ८, बुधबार ०३:३२
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.