• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल मानव विकास सूचकांको स्थान १४५औँ स्थानमा

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार ०५:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्र विकास कार्यक्रमले मानव विकास प्रतिवेदन, २०२५ मंगलबार राजधानीमा आयोजित एक समारोहमा सार्वजनिक गरेको छ। प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता एआईको मानव विकासका बहुआयामिक पक्षहरूमा पार्न सक्ने प्रभाव र यसले बोकेको सम्भावनामा केन्द्रित छ। यसले एआईको प्रयोगद्वारा मानव विकासलाई अझ सुदृढ बनाउने, समावेशीकरण प्रवर्द्धन गर्ने र न्यायपूर्ण समाज निर्माण गर्ने सम्भावनालाई पनि उजागर गरेको छ।

    प्रतिवेदनअनुसार, नेपाल मानव विकास सूचकांकमा मध्यम मानव विकास भएका देशहरूको सूचीमा परेको छ। नेपालको स्थान १४५औँ रहेको छ, जसको सूचकांक ६२२ छ। प्रतिवेदनमा नेपालको मानव विकास सूचकांक पछिल्ला ३५ वर्षमा ५४ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।

    प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने कि नेपालले कृत्रिम बुद्धिमत्ता प्रवर्द्धन, डिजिटल अर्थतन्त्रको विकास, डाटा केन्द्रको स्थापना र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न नीतिगत पहलहरू गर्दै आएको छ।

    अनुसन्धान तथा विकास क्षेत्रमा एआईको प्रयोग बढाउने नीति अवलम्बन गरिएको छ भने, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रहरूमा एआईकसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ।

    मन्त्री गुरुङले भने कि हिमाली क्षेत्रमा रहेको चिसो मौसम र सस्तो हरित ऊर्जा जलविधुतको उपलब्धताले नेपाललाई डाटा केन्द्र स्थापनाका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना छ।

    सरकारले हरेक प्रदेशमा आईटी हब स्थापना गर्ने योजना बनाएको र त्यसका लागि पूर्वाधार विकासको काम अघि बढाइएको मन्त्री गुरुङले जानकारी दिए। उनले विश्वास व्यक्त गरे कि नेपालले लागू गरिसकेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई अझ सुदृढ र व्यवस्थित रूपमा कार्यान्वयन गर्नेछ, जसले सरकारी सेवाको डिजिटलाइजेसन, ई(गभर्नेन्स र नागरिकहरूको डिजिटल पहुँचलाई सुधार गर्नेछ।

    सो अवसरमा यूएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन् कि प्रतिवेदनले कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट कसरी फाइदा लिन सकिन्छ र त्यससँग के चुनौतीहरू आउन सक्छन् भन्ने विषयमा केन्द्रित छ। नेपालको सन्दर्भमा उनले एआईको प्रयोग समावेशी सेवा प्रवाह, स्थानीय तहको कार्यक्षमता वृद्धि, विपद् व्यवस्थापन, जलवायु परिवर्तनको प्रभाव न्युनिकरण र डाटा(आधारित नीतिनिर्माण जस्ता क्षेत्रमा प्रभावकारी हुन सक्ने बताइन्। रासस

    Post Views: 192
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार ०५:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.