• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

६५ हजार भारतीय नागरिक एनओसीबिना नेपाल हुँदै विदेशः यूरोप पठाउन ३ लाख, खाडी पठाउन ७५ हजार

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ३०, बिहीबार ०६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भिजिट भिषा प्रकरण हेर्दा लाग्छ यसमा संलग्न नहुने गृहमन्त्रि भएकाहरु, मन्त्रालयका सचिवहरु र राजनीतिक दलका उपल्लो स्तरका नेताहरु सायदै कोही बाँकी नहोलान । कुन मन्त्रिको पालामा कति पठाए भन्ने कुरा मात्रै फरक हो । संख्याका हिसावले जो बढी सुशासनको हल्ला बढी गर्ने गर्दथे उनै सबैभन्दा बढी आफ्नै नागरिक बेच्नेमा परेको तथ्यांकले देखाएको छ । नेपाली नागरिकलाई त गरे नै भारतीय नागरिक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट विगत लामो समयदेखि ‘नो अब्जेक्सन लेटर’ एनओसी बिना नै तेस्रो मुलुक जाने गरेको तथ्य खुलेको छ । त्यति मात्रै नभएर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मानिस खोज्ने अनि संयन्त्रमा पुर्याएपछि कर्मचारीले काम गर्ने गरेको खुलेको छ । जसमा सबै जसो राजनीतिक दलका भातृ संस्थाका नेतृत्वहरु संलग्न हुने गरेको बताइन्छ ।

    भिजिट भिसा दुरुपयोग प्रकरण चलिरहेको बेला सुन तस्करीमा संलग्न भारतीय नागरिक तेस्रो मुलुक पठाएको घट्नासँगै लामो समयदेखि एनओसीबिना जाने गरेको तथ्य फेला परेको हो । रामबहादुर थापा, बालकृष्ण खाँण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने तथा रमेश लेखकको पालामा ६५ हजारभन्दा माथि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक गएको देखिन्छ । राष्ट्रिय सुरक्षाका हिसावले यो अत्यन्तै संवेदनशिल र क्षमायोग्न अपराध होईन । उनीहरू सबैको पालमा दैनिक ८ देखि ५८ जना अध्यागमनबाट बाहिरिएको बताईन्छ । रवि लामिछानेले गृहमन्त्रालय छाडेपछि प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले आफैँसँग गृह राख्दा पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक पुगेको बताइएको छ ।

    बिगत पाँच वर्षमा एनओसीबिना ६५ हजार भारतीय नागरिक तेस्रो मुलुकमा पठाइयो, सबैभन्दा बढी रवि लामिछानेकै पालामा गएको तथ्यांक छ । रास्वपा सभापति रवि लामिछाने दुई पटक छोटो अवधिका लागि गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ८ हजार २७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको खुलेको छ । दोस्रो पटक रवि गृहमन्त्री भएका बेला चार महिनाको अवधिमा ७ हजार ४० जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्याङ्कले देखाएको छ । रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना भारतीय नागरिक विमानस्थलबाट तेस्रो मुलुक जाने गरेको अध्यागमन स्रोतले जनाएको छ ।

    पहिलो पटक अझ छोटो अवधिका लागि उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारीमा रहेका रविको पालामा दैनिक औसतमा ३८ जना भारतीय नागरिकलाई विमानस्थलबाट तेस्रो मुलुक गएको देखिन्छ । रविको पहिलो कार्यकालको एक महिना २ दिनको अवधिमा १२ सय ३९ जना भारतीयहरू तेस्रो मुलुक गएको देखिन्छ ।
    स्रोतका अनुसार रविको पालामा भारतीयहरू नो अब्जेक्सन लेटर लिएर तेस्रो मुलुकमा जाने भारतीयहरू कतार, कुवेत, दुबई, हङकङ, मलेसिया, चीन, थाइल्याड र श्रीलंका लगायतका मुलुकमा जाने गरेको पाइएको अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्कले देखाएको छ ।

    अनुसन्धानमा एक अधिकारीका अनुसार, पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको थियो ।

    त्यसरी गरिएको सेटिगंमा कार्यालयका एक अधिकृत यसरी संकलन हुने रकम अध्यागमनका अन्य तहका कर्मचारीसम्म पनि पुग्ने दाबी गर्छन् । ‘लेनदेन बाहिरै हुने हो, त्यहाँ मोबाइलमा आएको विवरणका आधारमा मानिसहरूलाई कटाउने र हिसाव राख्न छुट्टै कर्मचारी रहने गरेको बताइन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँच पार गराएवापत असुल गरिने रकम बाँडफाँडका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गर्ने गरेको खुलेको छ ।

    ‘यस्तोमा कर्मचारीहरूले घुस रकम बाँडफाँडका लागि एउटा सफ्टवेयर नै प्रयोग गर्ने गरेको सूचना पाएका छौं’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पहिले हामीलाई विश्वास लागेको थिएन, तर पछि धेरै कर्मचारीहरुले त्यसको पुष्ट्याइँ भएको जानकारी दिएका छन् ।’

    उनका अनुसार, अख्तियारलाई भिजिट भिसाका नाममा भइरहेको असुलीबारे प्रारम्भिक सूचना आएकै बेला यो सफ्टवेयरबारे पनि सूचना आएको थियो । त्यही हिसाबमा रंगेहात समात्ने उद्देश्यसहित अख्तियारको टोली ५ जेठदेखि ‘कोभर्ट अपरेशन’मा खटिएको थियो ।

    Post Views: 355
    प्रकाशित मिति: २०८२ जेष्ठ ३०, बिहीबार ०६:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.