अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले इरानका आणविक स्थलहरूमा “अत्यन्त सफल आक्रमण” सम्पन्न गरेको बताएका छन । जसमा फोर्डो, नतान्ज, र इस्फहान सामेल क्षेत्र रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले सफल आक्रमणपछि सबै विमानहरू अहिले इरानको हवाई क्षेत्र बाहिर पुगेको बताएका छन ।
“हामीले इरानका तीन आणविक स्थलहरूमा, जसमा फोर्डो, नतान्ज, र इस्फहानमा अत्यन्त सफल आक्रमण पूरा गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्र बाहिर छन् । मुख्य स्थल, फोर्डोमा बमहरूको पूर्ण भार खसालिएको थियो । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रो महान अमेरिकी युद्धकर्मीहरूलाई बधाई छ । संसारमा कुनै पनि अरु सेना यस्ता काम गर्न सक्दैनन । अब शान्तिको समय आएको छ ! यस विषयमा ध्यान दिने तपाईंलाई धन्यवाद,“ ट्रम्पले आफ्नो सामाजिक सन्जालमा उल्ल्ेख गरेका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार ह्वाइट हाउसमा आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग भेट गर्दै थिए, र उनले इरानी आणविक सुविधाहरूमा आक्रमण गर्ने बारेमा निर्णय लिन बाँकी राखेका बताएका थिए । अधिकारीहरूले भने कि राष्ट्रपति ट्रम्पको प्राथमिक विकल्प भनेको इजरायल–इरान संघर्षको कूटनीतिक समाधान खोज्नु हो, तर यो मात्र जब इरानीहरूले वार्तामा बढी लचकता देखाउने र महत्वपूर्ण सम्झौतामा जान तयार हुने छन् भनेका थिए । ह्वाइट हाउसले निरन्तर आफ्नो दवाव दिए पनि इरानको आफ्नो अडान कायम राखेपछि हमला गर्नु परेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले आफूलाई निर्णय लिनका लागि दुई हप्ता दिइएको बताएका थिए । जुन बिहीवारदेखि सुरु भएको हो । यदि इरानसँगको वार्ता अझै पनि जटिल र अनिर्णीत रहन्छ भने, उनले यस हप्ता पहिले समीक्षा गरेका आक्रमण योजनाहरूमध्ये एक अघि बढाउने निर्णय लिन सक्नेछन् विविसिले समाचार लेखेको छ ।