• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

  •  खबरमाला संवाददाता
  • २०८२ असार १०, मंगलवार ०५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इरानले सोमबार कतारस्थित मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेदमा सैन्य आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन महत्वपूर्ण आणविक स्थलहरूमा हवाई हमला गरेपछि त्यसको प्रतिशोधमा इरानले यो हमला गरेको हो।

    कतारले आफ्नो हवाई रक्षा प्रणालीले मिसाइलहरूलाई सफलतापूर्वक रोकेको जनाएको छ भने इरानी आक्रमणको निन्दा पनि गरेको छ। अमेरिकी रक्षा मन्त्रालयले अल उदेद अड्डामा कुनै अमेरिकी हताहत नभएको पुष्टि गरेको छ

    कतारले इरानको हमलालाई आफ्नो ‘सार्वभौमिकता उल्लंघन’ भनेको छ। आवश्यक परे यसको जबाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको उसले जनाएको छ।

    इरानको मिसाइल आक्रमणपछि कतारले अस्थायी रूपमा हवाई क्षेत्र बन्द गर्नुका साथै आफ्नो भूमिमा रहेका अमेरिकी तथा बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ।

    यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही बेरमा राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सहभागी हुँदै छन्।

    अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डा कतारको राजधानी दोहाबाट नजिकै छ। यसले मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमान्डको हवाई मुख्यालयका रूपमा काम गर्छ। यहाँ करिब ८ हजार अमेरिकी सैनिक तैनाथ रहेको बिबिसीले जनाएको छ।

    बेलायती फौजहरू पनि बेला बेला तैनाथ हुन्छन्। यसलाई अबु नख्ला विमानस्थल पनि भनिन्छ। यहाँ खाडी क्षेत्रकै सबभन्दा लामो धावनमार्ग छ।

    कतारले सन् २००० मा अमेरिकालाई अल उदैद सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको थियो। सन् २००१ बाट अमेरिकाले त्यहाँको व्यवस्थापन लिएपछि २००२ डिसेम्बरमा दोहा र वासिङ्टनबीच एक सम्झौतामा हस्ताक्षर भयो। उक्त सम्झौताले नै अल उदैदमा अमेरिकी सैन्य उपस्थितिलाई औपचारिक मान्यता दिएको थियो।

    सन् २०२४ मा सिएनएनले गरेको रिपोर्टअनुसार अमेरिका र कतारबीच अर्को १० वर्षका लागि अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सहमति भएको छ।

    Post Views: 290
    प्रकाशित मिति: २०८२ असार १०, मंगलवार ०५:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • ५. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.