• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका अबैध आप्रवासीलाई तेश्रो मुलुकमा डिर्पोट गर्न सर्वोच्च अदालतको अनुमति

  •  खबरमाला संवाददाता
  • २०८२ असार १०, मंगलवार ०५:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको मातृभूमिबाहेक अन्य देशहरूमा डिर्पोट गर्न मार्ग प्रशस्त गरेको छ । ६ जनाले सहमति जनाएको आदेशमा ३ जनाले असहमति प्रकट गरेको सो फैसलामा न्यायाधीशहरूले तल्लो अदालतको त्यो आदेश उल्ट्याएका हुन । जसले सरकारलाई आप्रवासीहरूलाई तेस्रो देशमा निर्वासित गर्दा उनीहरूले सामना गर्न सक्ने जोखिमबारे “महत्वपूर्ण अवसर“ प्रदान गर्नुपर्ने भनी आदेश दिएको थियो । अदालतका तीन उदारवादी न्यायाधीशहरूले बहुमतको निर्णयको असहमति जनाएका थिए ।

    यो मुद्दा म्यानमार, दक्षिण सुडान, क्युबा, मेक्सिको, लाओस र भियतनामका आठ आप्रवासीहरूसँग सम्बन्धित रहेको छ । ट्रम्प प्रशासनले उनीहरूलाई “सबैभन्दा खराब आपराधिक तत्व भन्दै मे महिनामा एक विमानमार्फत दक्षिण सुडानतर्फ पठाइएको थियो ।

    बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश ब्रायन मर्फीले अप्रिलमा दिएको आदेशअनुसार, आप्रवासीहरूलाई तेस्रो देशमा पठाउँदा उनीहरूलाई यातना वा हत्या हुने सम्भावना छ भन्ने तर्क गर्न पाउने अधिकार दिनुपर्ने बताइएको थियो । सर्वोच्च अदालतका न्यायाधीश सोनिया सोतोमायोर, एलेना कागन र केतान्जी ब्राउन ज्याक्सनले सोमबारको बहुमत निर्णयको आलोचना गर्दै यसलाई “गम्भीर दुरुपयोग“ भनेका छन ।

    ट्रम्प प्रशासनले डिर्पोट भएका ती आठ आप्रवासीहरूले अमेरिकामा “जघन्य अपराध“ — हत्या, आगजनी र हतियारसहितको डकैती गरेको बताइएको छ । ट्रम्प प्रशासनले यो मुद्दा सर्वोच्च अदालतमा लगेका थिए, किनभने बोस्टनस्थित अपील अदालतले तल्लो अदालतको निर्णयलाई रोक्न अस्वीकार गरेको थियो ।

    बाइडनले नियुक्त गरेका न्यायाधीश मर्फीको हस्तक्षेपपछि अमेरिकी सरकारले ती आप्रवासीहरूलाई अफ्रिकी मुलुक जिबुटीमा राखेको थियो, जहाँ अमेरिकी सैन्य बेस छ । अमेरिकी सॉलिसिटर जनरल जोन साउरले सर्वोच्च अदालतमा भनेका थिए कि आप्रवासन अधिकारीहरूलाई “खतरनाक अपराधीहरूका लागि एक अस्थायी बन्दीगृह“ बैठक कक्षमा बनाउनु परेको थियो ।

    गएको महिना सर्वोच्च अदालतले ट्रम्पलाई भेनेजुएलाका नागरिकहरूको अस्थायी संरक्षित दर्जा अन्त्य गर्न अनुमति दिएको थियो, जसको असर करिब ३.५ लाख आप्रवासीमा पर्नेछ ।न्यायाधीशहरूले राष्ट्रपति ट्रम्पलाई क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाबाट  आएका झन्डै पाँच लाख आप्रवासीलाई दुई वर्षसम्म अमेरिका बस्न अनुमति दिने मानवीय कार्यक्रमलाई अस्थायी रूपमा रोक्न पनि अनुमति दिएका छन् ।

     

    Post Views: 148
    प्रकाशित मिति: २०८२ असार १०, मंगलवार ०५:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.