• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका अबैध आप्रवासीलाई तेश्रो मुलुकमा डिर्पोट गर्न सर्वोच्च अदालतको अनुमति

  •  खबरमाला संवाददाता
  • २०८२ असार १०, मंगलवार ०५:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको मातृभूमिबाहेक अन्य देशहरूमा डिर्पोट गर्न मार्ग प्रशस्त गरेको छ । ६ जनाले सहमति जनाएको आदेशमा ३ जनाले असहमति प्रकट गरेको सो फैसलामा न्यायाधीशहरूले तल्लो अदालतको त्यो आदेश उल्ट्याएका हुन । जसले सरकारलाई आप्रवासीहरूलाई तेस्रो देशमा निर्वासित गर्दा उनीहरूले सामना गर्न सक्ने जोखिमबारे “महत्वपूर्ण अवसर“ प्रदान गर्नुपर्ने भनी आदेश दिएको थियो । अदालतका तीन उदारवादी न्यायाधीशहरूले बहुमतको निर्णयको असहमति जनाएका थिए ।

    यो मुद्दा म्यानमार, दक्षिण सुडान, क्युबा, मेक्सिको, लाओस र भियतनामका आठ आप्रवासीहरूसँग सम्बन्धित रहेको छ । ट्रम्प प्रशासनले उनीहरूलाई “सबैभन्दा खराब आपराधिक तत्व भन्दै मे महिनामा एक विमानमार्फत दक्षिण सुडानतर्फ पठाइएको थियो ।

    बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश ब्रायन मर्फीले अप्रिलमा दिएको आदेशअनुसार, आप्रवासीहरूलाई तेस्रो देशमा पठाउँदा उनीहरूलाई यातना वा हत्या हुने सम्भावना छ भन्ने तर्क गर्न पाउने अधिकार दिनुपर्ने बताइएको थियो । सर्वोच्च अदालतका न्यायाधीश सोनिया सोतोमायोर, एलेना कागन र केतान्जी ब्राउन ज्याक्सनले सोमबारको बहुमत निर्णयको आलोचना गर्दै यसलाई “गम्भीर दुरुपयोग“ भनेका छन ।

    ट्रम्प प्रशासनले डिर्पोट भएका ती आठ आप्रवासीहरूले अमेरिकामा “जघन्य अपराध“ — हत्या, आगजनी र हतियारसहितको डकैती गरेको बताइएको छ । ट्रम्प प्रशासनले यो मुद्दा सर्वोच्च अदालतमा लगेका थिए, किनभने बोस्टनस्थित अपील अदालतले तल्लो अदालतको निर्णयलाई रोक्न अस्वीकार गरेको थियो ।

    बाइडनले नियुक्त गरेका न्यायाधीश मर्फीको हस्तक्षेपपछि अमेरिकी सरकारले ती आप्रवासीहरूलाई अफ्रिकी मुलुक जिबुटीमा राखेको थियो, जहाँ अमेरिकी सैन्य बेस छ । अमेरिकी सॉलिसिटर जनरल जोन साउरले सर्वोच्च अदालतमा भनेका थिए कि आप्रवासन अधिकारीहरूलाई “खतरनाक अपराधीहरूका लागि एक अस्थायी बन्दीगृह“ बैठक कक्षमा बनाउनु परेको थियो ।

    गएको महिना सर्वोच्च अदालतले ट्रम्पलाई भेनेजुएलाका नागरिकहरूको अस्थायी संरक्षित दर्जा अन्त्य गर्न अनुमति दिएको थियो, जसको असर करिब ३.५ लाख आप्रवासीमा पर्नेछ ।न्यायाधीशहरूले राष्ट्रपति ट्रम्पलाई क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाबाट  आएका झन्डै पाँच लाख आप्रवासीलाई दुई वर्षसम्म अमेरिका बस्न अनुमति दिने मानवीय कार्यक्रमलाई अस्थायी रूपमा रोक्न पनि अनुमति दिएका छन् ।

     

    Post Views: 401
    प्रकाशित मिति: २०८२ असार १०, मंगलवार ०५:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय
    नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन
    नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • ४. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ५. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.