‘मिस नेपाल २०२५’ को फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले मंगलबार पुल्चोकस्थित ‘द प्लाजा’मा पत्रकार सम्मेलन गर्दै यसवर्षको ‘मिस नेपाल’को संस्करण घोषणा गरेको हो । फिनालेलाई हिमालय टिभीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
१४ सबटाइटलसहित मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरन्यासनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलोपटक ‘कोस्मो इन्टरन्यासनल’मा सहभागिता जनाउन लागेको हो । सन् २०२४ की मिस कोस्मोले यसवर्षको मिस नेपालको फिनालेमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
पपुलर च्वाइस, ब्युटीफुल हेयर, इन्टलेक्चुअल, मिस सिल्क, मिस कन्फिडेन्ट, फोटोजेनिक, फेस अफ द इयर, वुमन विथ विंग्स, ब्युटी विथ अ पर्पस, डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, इ मोबिलिटी, टाइमलेस ब्युटी, इम्पावर्ड च्वाइस र ब्युटीफूल स्किन सहविधामा पनि प्रतिस्पर्धा हुनेछ ।




