• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

४२ करोडको आम्दानी दैनिक ३ डलर, ३९ देशमा द्धन्द्ध, २१ देशमा युद्धः विश्वबैक

  •  खबरमाला संवाददाता
  • २०८२ असार १४, शनिबार ०५:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ ।

    प्रतिवेदनअनुसार, सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको उल्लेख गरिएको छ ।

    यस वर्ष मात्र, ४२ करोडभन्दा बढी मानिसहरू दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाइरहेका छन्, जुन स्थिति विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ। यस्तो दरले बढिरहेमा सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको छ ।

    विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिल भने, ‘युक्रेन र मध्यपूर्वका द्वन्द्वमा हाल विश्व समुदायको ध्यान केन्द्रित भए पनि, आजका आधा द्वन्द्वग्रस्त देशहरू १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका छन् ।’

    हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा राखिएको छ, जसमा २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा रहेका छन् । यस सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देशहरू समावेश छन् । यद्यपि, इरान भने समावेश गरिएको छैन ।

    विश्व बैंकले भनेको छ, ‘द्वन्द्वको सुरुआत हुनु अघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ । ‘

    विश्व बैंकका उपप्रमुख अर्थशास्त्री आयहान कोसे भने, ‘पछिल्लो डेढ दशकमा द्वन्द्वग्रस्त देशहरूमा विकास होइन, आर्थिक जडता नै सामान्य अवस्था बनेको छ । यस्तो परिस्थितिमा परिवर्तन ल्याउन अबको प्रयास निर्णायक हुनसक्छ ।’

    Post Views: 207
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०५:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.