प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन जाने भएका छन् । उनी असार १६ देखि १९ गतेसम्म सेभियामा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको स्पेन भ्रमणमा उनीसँग श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहनेछन् ।





