• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल नागरिकता विधेयक पारित : एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने

  •  खबरमाला संवाददाता
  • २०८२ असार १५, आईतवार ०६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२’ पारित गरिएको छ । शनिबार (असार १४) बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित गरिएको हो ।

    योसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा सोधिएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताका विषयमा संविधान, कानुन र सरकारको धारणा स्पष्ट रहेको बताए ।

    नागरिकता पाउनुपर्ने नागरिक त्योविहीन हुन नहुनेमा जोड दिए । र, पाउन नपर्ने व्यक्तिले नागरिकता नपाऊन् भन्ने विषयमा सरकार गम्भीर रहेको उनले उल्लेख गरे ।

    “नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र, पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरामा संविधान, कानुन र सरकार स्पष्ट छ,” उनले भने, “नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नहुने मानिसले पाउनु हुन्न । यसका विषयमा दुविधा हुन सक्दैन ।”

    गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने संविधानमा व्यवस्था गरिएको उनले बताए । त्यसनिम्ति छुट्टै कानुन निर्माणको तयारीमा सरकार जुटेको उनले जानकारी गराए ।

    “संविधानले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । उनीहरूले प्राप्त गर्ने नागरिकता पनि आफैँमा नागरिकता हो,” उनले भने, “हामीले अरू नागरिकताका बारेमा पनि केही सीमाहरू तोकेका छौँ । गैरआवासीय नागरिकता प्राप्त गर्ने मानिसले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने भनेर व्यवस्था गरेको छ ।”

    नागरिकता विषयका विवाद र समस्या समाधान गर्न यो विधेयक संशोधन गरिएको हो । न्युज एजेन्सी नेपाल

    Post Views: 379
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार ०६:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.