खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको छ । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक बर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ । विस २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक यस प्रतिष्ठानमा प्राप्त भएकोमा त्यसबाट १५ वटा पहिलो लिष्ट छनौटमा परेका छन । पुरस्कार चयन समितिले पहिलो चरणमा पन्ध्र पुस्तकको विस्तारित सुची प्रतिष्ठानलाई उपलब्ध गराएको खेमलाल हरिकला लामीछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामीछानेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सुचीबाट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्ने जनाएको छ । पद्मश्री उत्कृष्ट विस्तारित सुचीका कृतिहरु रहेका छन । जसमा अर्हत – उपन्यास, शैलेन्द्र अधिकारी, उरमाल – आख्यान, छुदेन काविमो, एउटा मायी नगरमा–कथा संग्रह, रमेश क्षितिज, छालबाटो – गैह्र आख्यान, रमेश भुसाल, प्रणाम सगरमाथा – नियात्रा, भवानी खतिवडा, प्रवासीको देश हुन्न –आख्यान, पंचम अधिकारी, पानीको परेड – कविता, दिनेश अधिकारी, बहुरुपी – कथासंग्रह, श्रेयज सुवेदी, रुदाने – उपन्यास, टंक चौलागाई, स्व – उपन्यास, सरस्वती प्रतीक्षा, साँझमा सेल्फी – कविता, हेम प्रभास, सावर्णि – उपन्यास, डा श्रीधर खनाल, सिमसारा – आख्यान, वसन्त बस्नेत, श्री ५ को सेवामा – संस्मरण, हेमन्त मिश्र, हिउँको गीत – उपन्यास, तीर्थ गुरुङ रहेका छन । पछिल्लो समय यो पुरस्कार नेपाली साहित्यप्रेमीहरुका लागि निकै अकर्षक मानिन्छ ।