• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एलन मक्सद्धारा “अमेरिका पार्टी ” खोलेको घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ असार २२, आईतवार ०८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वका सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापरी एलोन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको बताएका छन । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका सीएनबीसी न्युजले जनाएको छ । एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण पोस्ट गरेका थिए । नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताएका छन् ।

    “संसद्हरूमा कानुन निर्माण गर्दा हुने थोरै मतको मार्जिनलाई ध्यानमा राख्दा यो पार्टीले विवादास्पद कानुनहरू निर्माण गर्दा निर्णायक मतको रूपमा काम गर्न पर्याप्त हुनेछ, जसले जनताको साँचो इच्छालाई सेवा गर्छ,” मस्कले शुक्रबार भनेका थिए । तर, मस्कले पार्टी कहाँ दर्ता हुनसक्छ भनेर बताएनन् । संघीय निर्वाचन समितिमा यो दर्ता भएको देखिएको छैन । सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानमा मस्क सबैभन्दा ठूलो दाता थिए । उनले पूरै अवधिमा २८० मिलियन डलरभन्दा बढी चन्दा दिए । मुख्य रूपमा राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प र अरू रिपब्लिकनलाई पनि उनले समर्थन गरेका थिए ।

    नयाँ पार्टी घोषणासँगै मस्क र ट्रम्पबीचको सम्बन्ध थप चिसिने आकलन गरिएको छ।

    अमेरिकाको दुवै सदनबाट पारित भएपछि ट्रम्पले प्रमाणीकरण गरिसकेको कर खर्च कटौती विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भनेका थिए। ट्रम्प र रिपब्लिकनहरू भने त्यसलाई ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन्।

    यस विषयमा ट्रम्प र मस्कबीच झगडा समेत परेको थियो।

    दुवैजना व्यक्तिगत गालीगलौजमा उत्रिएर सो झगडाले उग्र रूप लिएको थियो। पछि दुई जनाबीच सुलह भएको थियो। त्यतिबेला मस्कले त्यसका लागि पछुतो पनि माने। तर सोही खर्च विधेयक सिनेटबाट पारित गर्ने बेलामा मस्कले फेरि सो झगडा ब्युँताएका थिए।

    रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटबाट सो विधेयक पारित भए नयाँ पार्टी खोल्ने मस्कले धम्की दिएका थिए।

    ‘यदि यो पागल खर्च विधेयक पारित भयो भने, भोलिपल्टै अमेरिका पार्टी गठन हुनेछ। हाम्रो देशलाई डेमोक्र्याट-रिपब्लिकन ‘युनिपार्टीको’ (एउटै दल) विकल्प चाहिन्छ ताकि जनताको वास्तवमा आवाज होस्,’ उनले त्यतिबेला भनेका थिए।

    एक्समा २२ करोड फलोअर्स भएका मस्कले सरकारी खर्च कटौती गर्ने वाचा गरेर विधेयक पास गरे सबै रिपब्लिकन सांसदलाई प्राइमरीमै हराउनेसमेत धम्की दिएका थिए। मस्कले सो विधेयकको विरोध गरेपछि ट्रम्पले पनि उनका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका थिए।

    ‘इलनले इतिहासमा कुनै पनि मानिसभन्दा धेरै अनुदान पाइरहेका हुनसक्छन्। र अनुदान बिना इलनले सायद दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ। अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन। र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।

    Post Views: 263
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०८:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.