• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने, खर्च नाटोले बेहोर्ने

  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ ।

    मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले बेहोर्ने बताएका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन् । ट्रम्पले युक्रेनलाई उच्चस्तरको हतियार पठाउने घोषणा पनि गरेका छन् । उनले सोमबार नेटोका महासचिवसँगको बैठकपछि ट्रम्पले युक्रेनले जे चाहान्छ त्यसको सुनिश्चित गर्ने बताएको बीबीसीले जनाएको छ । नेटोका महासचिव मार्क रुटेले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनलाई ठूलो परिमाणमा हतियार नेटोमार्फत पठाउने पुष्टि गरे । उनलको यो भनाईले ट्रम्प अब यूरोपसंग नजिकिएर काम गर्न तयार भएको बताईन्छ ।
    यसैगरी ट्रम्पले रुसबाट भइरहेको हवाई आक्रमणको सामना गर्न युरोपियन देशहरूले पनि युक्रेनलाई उनीहरूको प्याट्रियट मिसाइल हवाई रक्षा प्रणालीहरू पहिले पठाउने र त्यसलाई अमेरिकाले प्रतिस्थापन गर्ने बताएको बीबीसीले जनाएको छ ।

    युक्रेनलाई पठाइने हतियारहरूबारे विस्तृतमा दुवैले उल्लेख गरेनन् । तर, रुटेले सम्झौतामा क्षेप्यास्त्र र एम्युनिसन समावेश भएको बताए । ट्रम्पको हतियार प्रतिबद्धताले युक्रेनका लागि महत्वपूर्ण कदम भएको बताइएको छ । यद्यपि, राष्ट्रपतिले अर्बौं डलर मूल्यका अत्याधुनिक हतियारहरू युक्रेनलाई सहयोग गर्न तत्काल युद्धक्षेत्रमा वितरण गरिने बताए । “यदि म आज भ्लादिमिर पुटिन भएको भए युक्रेनसँगको वार्तालाई थप गम्भीरतापूर्वक लिनुपर्छ भनेर पुनर्विचार गर्थें,” रुटेले भने । उनले यो भन्दै गर्दा ट्रम्पले सहमति जनाउँदै टाउको हल्लाएका थिए ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजाल एक्समा लेख्दै उनले रुटेसँगको भेटपछि ट्रम्पसँग कुराकानी गरको बताएका छन् । उनले युक्रेनलाई समर्थन गर्ने र रुसले गरेको हत्याहरू रोक्न तथा दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना गर्न सँगै काम गर्न इच्छुक भएकोमा उनलाई धन्यवाद दिएको बताएका छन् ।

    Post Views: 362
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०६:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • २. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ३. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • ४. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ४. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.