• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डिभोर्सबारे एलिनाका पूर्वपतिले मुख खोले, माैनतालाई कमजोरी नठान्न चेतावनी

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ४, शनिबार १०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले डिभोर्ससम्बन्धी विवादमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन् । एलिनाले लगाएका आरोपहरूप्रति प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    पछिल्लो समय एलिनाले डिभोर्सबारे विभिन्न मिडियालाई अन्तर्वाता दिइरहेकी छन्, जसमा उनले सापकोटाले दिएको यातनाबारे खुलासा गरिरहेकी छन् । त्यसपछि सापकोटाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका हुन् । सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिँदै अस्ट्रेलियामै कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् ।

    उनले लेखेका छन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु– अहिले मेरो बारेमा बनाइएका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक तथा व्यावसायिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याइरहेका छन् ।’

    उनले आफूलाई भइरहेको सामाजिक र मानसिक क्षतिको अस्ट्रेलियामै कानुनी उपचार खोजिरहेको पनि जानकारी दिएका छन् । ‘व्यक्तिगत मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ, न्यायको सही मार्ग पनि त्यही हो,’ उनले भनेका छन् ।

    सापकोटाले हाल दुवै पक्ष आ–आफ्नै पारिवारिक र व्यावसायिक जीवनमा व्यस्त रहेको उल्लेख गर्दै भनेका छन्, ‘कहिलेसम्म यस कुराको सिकार बन्नुपर्ने हो हामी ? मेरो मौनतालाई कमजोरी वा दोष स्वीकारेको संकेत ठान्नु पूर्ण रूपमा अनुचित हुन्छ ।’  यतिखेर सामाजिक सजालमा गायिका चौहानलाई एकातर्फरुपमा आरोप लगाएको भन्दै आक्रोस व्यक्त भई रहेको छ । राम्रो हुँदा सबै ठिक र नराम्रो भएपछि एकअर्काबीच तल्लो तहमा उत्रिएपछि चौहानलाई सवत्र्र प्रहार भएको छ ।

    विष्णुले सम्बन्ध विच्छेद भइसकेको परिस्थितिबारे प्रतिक्रिया सार्वजनिक गरे पनि एलिनाले लगाएका आरोपहरूको भने कुनै खण्डन गरेका छैनन् । यद्यपि उनले माैननालाई दोष स्वीकारेको रूपमा बुझ्न नमिल्ने बताएका छन् । एलिनाले आफूमाथि विष्णुबाट कुटपिट हुने गरेको आरोप लगाउँदै आएकी छन् ।

    विष्णुको भनाइ जस्ताको त्यस्तै :

    केही समयदेखि सामाजिक सञ्जाल, विशेषगरी TikTok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टिकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ । ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु ।

    हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ । चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन ।

    हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ । दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्छ ।

    सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो । सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ ।
    Self-healing (आत्मोपचार) गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मैले के के भोगेँ, कुन अवस्थाबाट गुज्रेँ, र आफूलाई कसरी heal गरेँ – त्यो मलाई मात्र थाहा छ । बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ । अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ ।

    कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु । सम्बन्धमा आएको पीडालाई आत्म- संयमका साथ सहेर बसेको छु । यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ ।

    प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । म स्पष्ट रूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक TikTok भिडियोहरू र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन् । प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म- सम्मानको संरक्षणका लागि मेरो व्यक्तिगत मानहानि तथा व्यावसायिक नोक्सानीको क्षतिपूर्तिसहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।

    मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ । अहिले दुवैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?

    अन्त्यमा, यो कठिन समयमा मलाई साथ दिनुभएका सबै शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, तपाईंहरू सबैलाई अनुरोध गर्दछु – कृपया अर्को पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस् ।
    म अहिले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी परामर्श लिँदै छु ।

    भवदीय,
    विष्णु सापकोटा

    Post Views: 637
    प्रकाशित मिति: २०८२ श्रावण ४, शनिबार १०:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.