• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कमेडी च्याम्पियनका भण्डारीले भने- एक लगानीकर्ताले दुःख दियो, कम्पनी धरापमा !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ५, आईतवार ११:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ: चर्चित रियालिटी शो कमेडी नाइट विथ च्याम्पियनका निर्माता तथा निर्देशक विशाल भण्डारीले आफ्नै कम्पनीका एक एनआरएनए लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको आरोप लगाएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान एक लामो स्टाटस लेख्दै उनले लगानीकर्ता एनआरएनएको नाम नखुलाई एक लगानीकर्ताले सम्झौताविपरीत २ करोड ४० लाख रुपैयाँ असुलेको र निरन्तर मानसिक यातना दिइरहेको खुलासा गरेका हुन्।

    भण्डारीका अनुसार, करिब १९ महिनाअघि एक ति व्यक्तिले ३‍.५ करोड लगानी गरेर शेयर किन्ने सम्झौतासहित कम्पनीमा प्रवेश गरेका थिए। तर, उनले सिजन ३ का लागि तत्काल आवश्यक १.५ करोड मात्र लगानी गरे। सम्झौतामा २४ महिनासम्म लगानी फिर्ता नलैजाने सहमति भए पनि सिजन ३ सकिनासाथ ती व्यक्तिले पैसा फिर्ताका लागि दबाब दिएको भण्डारीको आरोप छ।

    भण्डारीले लेखेका छन्, ‘राज्य प्रशासनमा भएको पहुँचको दुरुपयोग गर्दै उनले मेरै विरुद्ध बैंकिङ कसुरमा मुद्दा हालेर मलाई दबाबमा राखी २ करोड ४० लाख रुपैयाँ असुले।’ भण्डारीले आफूले लगानीभन्दा बढी ९० लाख रुपैयाँ फिर्ता दिनुपरेको र सो रकमको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्।

    यो विवादका कारण कम्पनीको आर्थिक अवस्था संकटमा परेको र कमेडी च्याम्पियन सिजन ३ का विजेतालाई घोषित पुरस्कार गाडी दिन नसकिएको तथा केही कर्मचारीको तलबसमेत रोकिएको उनले उल्लेख गरेका छन्।

    अहिले दुवै पक्षबिच जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा विभिन्न मुद्दा चलिरहेको छ। भण्डारीले ती लगानीकर्ताले मुद्दाको पेसी सारेर, मिलापत्र गर्न नमानेर तथा कम्पनीको काममा निरन्तर अवरोध गरेर आफूलाई हैरान पारेको बताएका छन्।

    उनले आफ्नो स्टाटसमार्फत सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिममा आश्रित १०० भन्दा बढी कलाकार तथा प्राविधिकको भविष्यका लागि न्याय र काम गर्ने वातावरणको माग गरेका छन्।

    from Nepalclick

    Post Views: 282
    प्रकाशित मिति: २०८२ श्रावण ५, आईतवार ११:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.