• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक्ने एमालेको निर्णय !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ८, बुधबार ०१:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने  निर्णय गर्दै एमालेद्धारा सदस्यता नविकरण नगर्ने जनाएको छ । पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएको बताइएको छ । एमालेले ‘राष्ट्रिय एकताको सिम्बोल भएको व्यक्ति, संविधानको मूल पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, देशकै अभिभावकले दलको कार्यकर्ता र नेता हुने कुरा स्थापित मान्यताले पनि राम्रो हुँदैन’, गौतमले निर्णय सुनाए, ‘उहाँ राजनीतिमा आउन हुँदैन, सम्भव हुँदैन,आउन मिल्दैन, यसले हाम्रो मान्यता बिग्रन्छ, यसले गलत नजिर र अभ्यास हुन्छ ।’राजनीतिमा नर्फकन निर्णय सुनाएको छ । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए । ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका हुन् ।

    नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनरागमनको ‘च्याप्टर’ औपचारिक रूपमा ‘क्लोज’ गरेको छ। सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणालाई कमिटीले अस्वीकार गरेको हो। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकको दोस्रो दिन मंगलबार मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने सम्भावना नरहेको स्पष्ट पारे। बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार पार्टीले भण्डारीलाई पूर्व राष्ट्रपतिको हैसियतमा उच्च सम्मान दिने तर उनी राजनीतिमा आउन हुँदैन भन्ने निर्णय गरेको हो।

    उनीहरूले पार्टीको यो निर्णयमा असहमति राखेको प्रचार विभाग प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए । सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले बैठकमा उठेर असहमति राख्नुभएको हो ।’ दुई दिन चलेको केन्द्रीय कमिटी बैठकपछि पार्टीले यस्तो निर्णय लिएको हो । जबकी मंगलबार मात्रै भण्डारीले आफू अघि बढिसकेको र नफर्कने बताएकी थिइन् । अब यो निर्णयपछि भण्डारीले के कदम चाल्छीन त्यो हेर्न बाँकी छ ।

    पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर नेकपा एमाले केन्द्रीय कमिटीमा घनघोर छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपतिले प्रष्ट रूपमा भनिन्- म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ। उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साउन ४ गते भेटेको प्रसंगबाट कुराकानी सुरू गरेकी थिइन्। त्यसअघि उनले नयाँ वर्षका अवसरमा आफूले शुभकामना सन्देश दिएको र त्यसले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली चिढिएकोसमेत बताइन्।

    ‘म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो, उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो तर गम्भीर वार्तालाभ भने त्यो विषयमा भएको थिएन,’ उनले भनिन्।

     

    Post Views: 244
    प्रकाशित मिति: २०८२ श्रावण ८, बुधबार ०१:४४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.