• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अष्ट्रेलियामा विधार्थी ऋणमा २० प्रतिशत मिनाहा गर्ने प्रधानमन्त्रि अल्बानेजद्धारा घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ८, बुधबार ०७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अष्ट्रेलियाका प्रधानमन्त्रि एन्थोनी अल्बानेजले लेबर सरकार संसदमा विद्यार्थी ऋणमा २० प्रतिशत माफी गर्ने विधेयक पेश गरेका छन । यसबाट तीन लाखभन्दा बढी अस्ट्रेलियनहरूका लागि १६ अर्ब डलरभन्दा बढी ऋण माफ गर्नेछ । हाम्रो प्रमुख प्राथमिकता अस्ट्रेलियन जनतालाई बढ्दो जीवनयापन खर्चमा राहत पु¥याउनु रहेको प्रधानमन्त्रिले बताएका छन । त्यसमा अन्तराष्ट्र्रिय विधार्थीको भने कुनै विषय सम्बोधन गरिएको छैन ।

    विद्यार्थी ऋणमा २० प्रतिशत कटौती गर्दा देशभरका कामदार र विद्यार्थीहरूमा पर्ने दबाब कम हुने अनुमान गरिउको छ । जसको औसत विद्यार्थी ऋण २७ हजार ६०० छ, उनको लगभग ५,५२० को उच्च शिक्षा ऋण कार्यक्रम ऋण माफ हुनेछ । यो १ जुनदेखि लागू गरिनेछ, र यसले व्यावसायिक शिक्षा तथा तालिम विद्यार्थी ऋण, अस्ट्रेलियन अप्रेन्टिस सहयोग ऋण, विद्यार्थी स्टार्टअप ऋण, तथा अन्य विद्यार्थी ऋणहरू भएका अस्ट्रेलियनहरूको भार कम गर्नेछ ।

    विद्यार्थी ऋणमा २० प्रतिशत कटौतीको साथै, यो विधेयकले भुक्तानी गर्नुपर्ने न्यूनतम आम्दानीको सीमा ५४,४३५ बाट ६७,००० मा बढाउनेछ, र न्यूनतम भुक्तानी रकम घटाउने बताइएको छ । जसको आम्दानी ७०,००० छ, उसले हरेक वर्ष १,३०० कम भुक्तानी गर्नु पर्नेछ । यसअघि गरिएको सूचकांक फरमुलाको सुधारबाट नै सरकारले ३ अर्बभन्दा बढीको विद्यार्थी ऋण कटौती गरिसकेको छ । यो सबै मिलाएर हेर्दा, अल्बानेज लेबर सरकारले तीन लाखभन्दा बढी अस्ट्रेलियनका लागि करिब २० अर्बको विद्यार्थी ऋण माफ गर्नेछ ।

    प्रधानमन्त्री एन्थोनी अल्बानेजले “जीवनयापन खर्च घटाउने हाम्रो सरकारको अर्को प्रयास यही हो । “हामीले वाचा गरेका थियौं कि संसदमा फर्केपछि विद्यार्थी ऋण कटौती हाम्रो पहिलो काम हुनेछ र अहिले हामी त्यसै गर्दैछौं । “शिक्षा पाउनु मतलब जीवनभर ऋणमा डुब्नु होइन । “तपाईं जहाँ बस्नुहुन्छ वा तपाईंका आमाबुबाले कति कमाउनुहुन्छ भन्ने कुराले फरक पर्दैन मेरो सरकार तपाईंका लागि अवसरका ढोका खुला राख्न प्रतिबद्ध छ ।”

    उता शिक्षा मन्त्री जेसन क्लेयरले “हामीले तपाईंको विद्यार्थी ऋण २० प्रतिशतले घटाउने वाचा गरेका थियौं र हामी त्यसलाई पूरा गर्दैछौं । “यो तीन लाख अस्ट्रेलियनहरूका लागि ठूलो कुरा हो, विशेषगरी थुप्रै युवा अस्ट्रेलियनहरूका लागि । “भर्खरै विश्वविद्यालय सकिएको, नयाँ काम सुरु गर्न लागेको अवस्थामा, यो ऋण कटौतीले ठूलो राहत दिने विश्वास गरेका छन । सीप र तालिम मन्त्री एन्ड्र्यु गिल्सले “मैले देशभरका विद्यार्थीहरूसँग कुरा गर्दा थाहा पाएँ कि खर्च नै कहिलेकाहीं योग्यताको खोजीमा बाधा बन्छ । “यस विधेयकले प्राविधिक अध्ययन गरिरहेका करिब ८०,००० विद्यार्थीहरूलाई जीवनयापनमा राहत दिनेछ केवल यस समूहकै लागि आधा अर्ब डलरको ऋण माफ हुनेछ । “हाम्रो सरकार थप अध्ययन र तालिमका लागि आउने बाधाहरू हटाउने दिशामा केन्द्रित छ, ताकि प्रत्येक अस्ट्रेलियनले सुरक्षित, राम्ररी तलब पाइने जागिरका लागि आवश्यक सीप हासिल गर्न सकोस् ।”

    Post Views: 300
    प्रकाशित मिति: २०८२ श्रावण ८, बुधबार ०७:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.