• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सरकारद्धारा नेपालमा एमसीसीलाई निरन्तरता दिने घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १३, सोमबार ०५:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसी लाई निरन्तरता दिने निर्णय गरेको छ । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ताले दिएको बताइएको छ । यस निर्णयबारे नेपाल सरकारलाई अमेरिकी दुतावासले जानकारी दिएको छ । लामो समय गरिएको अमेरिकी वेदेसिक सहायता जारी राख्ने की नराख्ने भन्ने विषयलाई टुंगो लगाएको हो ।

    एमसिसिले लामो छलफलपछि जुलाई २५ तारिकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ” एमसीसीको पोर्टफोलियोका लागि वैदेशिक सहायता पुनरावलोकन सम्पन्न भएको छ । पुनरावलोकनपछि तयार भएको एमसीसीको पोर्टफोलियो स्पष्ट रूपमा ट्रम्प प्रशासनको “अमेरिका फस्र्ट” वैदेशिक नीतिसँग मेल खानेछ र यस संस्थाले अमेरिकालाई अझ सुरक्षित, बलियो र समृद्ध बनाउने कार्य निरन्तर जारी राख्ने सुनिश्चित गर्नेछ । आगामी हप्ता÷दिनहरूमा एमसीसी बोर्डको प्रक्रिया, साथै कांग्रेस र साझेदार राष्ट्रहरूसँगको समन्वयपछि थप विवरण सार्वजनिक गरिनेछ ।”


    अमेरिकी दूतावासका अनुसार ५० करोड अमेरिकी डलर बराबर ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर बराबर २७ अर्ब रुपैयाँको योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा टेवा पु‍¥याउँछन् ।
    अमेरिकी दुतावासले अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखालाई अमेरिकी सरकारले नेपालमा एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको छ । शुक्रबार एमसीसी मुख्यालयले विज्ञप्ति जारी गरी एमसीसीको पोर्टफोलियोको वैदेशिक सहायता समीक्षा सम्बन्धी कार्य सम्पन्न भएको जनाएको थियो । यसअघि १८ असारमा ‘मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए–नेपालले पनि विज्ञप्ति जारी गरी नेपालमा एमसीसी परियोजना निरन्तर हुने संकेत गरेको थियो ।

    यसअघि गत २० जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिने सम्पूर्ण वैदेशिक सहायता अमेरिका पहिलो नीति अनुकूल हुनुपर्ने भन्दै त्यसको समीक्षा गर्ने घोषणा गरेका थिए । समीक्षाको काम सम्पन्न नहुँदासम्म ९० दिनका लागि उनले यूएसएड लगायत निकायबाट दिइने वैदेशिक सहायता पूर्णरूपमा रोक्ने घोषणा पनि गरेका थिए । सुरुमा एमसीसी त्यसमा नपर्ने बताइए पनि पछि भने यो निकाय अन्तर्गतको सहयोग पनि रोकिएको थियो । पछि अमेरिकाले वैदेशिक सहायताबारे पुर्नमूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्त्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य गर्न अनुमति दिएको थियो ।

    Post Views: 196
    प्रकाशित मिति: २०८२ श्रावण १३, सोमबार ०५:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.