• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा विश्वभरीका ठुला चेन होटल नेपालमाः गोदावरी फरेस्ट रिसोर्ट, ‘वेस्ट वेस्टेन प्लस’ले व्यवस्थापन गर्ने

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १६, बिहीबार ०५:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं। ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। १ अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ। निर्माण सुरु भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रुपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए। ‘आउदो दसैंअघि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी पूरा भएको छ,’ सञ्चालक श्रेष्ठले भने, ‘पाँचतारे स्तरको रिसोर्ट तयार भएको छ।’
    रिसोर्टमा ८३ वटा सुविधासम्पन्न कोठा छन्। ३ वटा सुविधासम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्वीमिङ पुल, २ वटा रेस्टुरेन्ट, एउटा वटा बोर्ड रुम रहेको रिसोर्टमा ३०० बढी क्षमताको बैंक्विट हलसमेत छ।

    गोदावरी वरपरका क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिक र भारतीय एवं चिनियाँ पर्यटकलाई लक्षित गरिएको उनले बताए। गोदावरी राजधानी नजिकको उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ। त्यहाँको मौलिकतालाई झल्को दिने गरी रिसोर्ट निर्माण गरिएको सञ्चालक श्रेष्ठको भनाइ छ। ५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको रिसोर्ट पूर्णरुपमा पारिवारिक हुनेछ। सातदोबाटोबाट रिसोर्टसम्मको दूरी ९ किलोमिटर रहेको छ।

    गोदावरीको मुख्य विशेषता भनेको गोदावरी फूल हो। फूल हेर्नैका लागि बर्सेनि धेरै पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यस्तै पदयात्राका लागि पनि त्यस क्षेत्रबाट विभिन्न ठाउँमा जान सकिन्छ। रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ। गोदावरीमा सरकारले ३ हजार क्षमताको सभाहलसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ। रिसोर्ट सञ्चालनमा आएपछि सभाहलमा आउनेलाई समेत बसाइँका लागि सहज हुने विश्वास सञ्चालकको छ।

    Post Views: 313
    प्रकाशित मिति: २०८२ श्रावण १६, बिहीबार ०५:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • ३. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ४. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    • ५. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. परराष्ट्रमन्त्रि खनालद्धारा कुटनीतिक सम्बाद तिब्र गर्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.