• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा बजेट कटौतीपछि ६ हजार पत्रकारको रोजगारी जोखिममा, ६० बर्ष पुरानो कर्पोरेसन फर पव्लिक बोर्डकास्टिड बन्द !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १८, शनिबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सन्चार क्षेत्रमा ६० बर्षदेखि चल्दै आएको सन्चार माध्यममा बजेट कटौतिपछि कर्पोरेसन फर पव्लिक बोर्डकास्टिड (सिपिवि) ले शुक्रबार संघीय फन्ड गुमेपछि अब संस्थाले आफ्नो सम्पूर्ण कार्य बन्द गर्ने घोषणा गरेको छ । त्यसबाट अमेरिकाभर ६ हजारभन्दा बढी पत्रकार प्रभावित हुने बताइएको छ । जसका कारण अमेरिका भरिका १ हजार ५०० भन्दा बढी स्थानीय सार्वजनिक प्रसारण स्टेशनहरू र सार्वजनिक सञ्चार प्रणालीलाई ठूलो धक्का पु¥याउने बताइएको छ । जसले पछिल्ला करिब ६० वर्षदेखि सिपिविको सहारामा सेवा प्रदान गर्दै आएका थिए ।

    यो निर्णय पछिल्लो महिनामा रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले सिपिविका लागि दुई वर्षको १.१ अर्ब फन्ड कटौती गर्ने निर्णय गरेपछि आएको अमेरिकी ईतिहासमा सन्चार माध्यमको ठुलो बजेट कटौति भनिएको छ । यो कदम सार्वजनिक सञ्चार र वैदेशिक सहायता कार्यक्रममा ४९ अर्बको समग्र कटौतीको हिस्सा हो ।
    सिपिविकी अध्यक्ष तथा सिईओ प्याट्रिसिया ह्यारिसनले “करोडौं अमेरिकीले फोन, चिठी, र निवेदनमार्फत संघीय सहयोग जोगाउन अपिल गरे तापनि, हामी अब हाम्रो कार्यालय बन्द गर्ने कठोर यथार्थसँग सामना गरिरहेका छौं” भनेकी छिन । ५७ वर्ष पुरानो यो संस्था हरेक वर्ष ५० करोडभन्दा बढी रकम देशभरिका १,५०० स्थानीय स्टेशनहरूमा वितरण गर्दै आएको थियो ।

    संघीय सहयोग भए पनि, स्टेशनहरूले प्रायः दर्शकहरूको दान, व्यवसायिक प्रायोजन, र स्थानीय सरकारको सहयोगमा भर पर्ने गर्दथे । यो सार्वजनिक प्रसारण बन्द हुँदा ग्रामीण क्षेत्र सबैभन्दा प्रभावित हुने बताइएको छ । संघीय अनुदान नपाएपछि अमेरिकाको सार्वजनिक प्रसारण संस्था बन्द हुने भएको छ, जसको सबैभन्दा ठूलो असर ग्रामीण समुदायहरूमा पर्ने देखिएको छ ।

    द गार्जियन समाचारका अनुसार ५४४ अनुदान प्राप्त संस्थामध्ये २४५ वटा ग्रामीण क्षेत्रका छन्, जसले शैक्षिक कार्यक्रम, बालबालिकाको शो, र स्थानीय समाचार प्रसारण बन्द हुने सम्भावना बढाएको छ । सिपिविका अनुसार, यी ग्रामीण स्टेशनहरूमा करिब ६ हजारभन्दा बढीलाई रोजगारी दिइएको थिए । सार्वजनिक प्रसारणले ऐतिहासिक रूपमा प्राकृतिक विपत्तिको समयमा आपतकालीन जानकारी र अन्यत्र नपाइने सांस्कृतिक कार्यक्रमहरूसमेत प्रसारण गर्दै आएको थियो ।

    जुलाईमा प्रकासित एक रिपोर्ट अनुसार, अमेरिकाका तीनमध्ये एक काउन्टीमा पूर्णकालिक स्थानीय पत्रकार छैनन्, जसले ग्रामीण समुदायमा सूचना पहुँच झन् कमजोर बनाएको छ । सेप्टेम्बरको अन्त्यसम्म सिपिविका अधिकांश कर्मचारीहरू बर्खास्त गरिनेछन्, भने जनवरी २०२६ सम्म सानो संक्रमण टोली मात्र बाँकी रहने बताइएको छ ।
    राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले सार्वजनिक सञ्चारमा करदाता रकम खर्च गर्नु अनावश्यक भएको दाबी गर्दै आएका छन् । ट्रम्प प्रशासनले बोर्डका तीन सदस्यमाथि, पद नछाडेको आरोपमा मुद्दा पनि दायर गरेको छ । यो बन्दसँगै सन् १९६७ देखि चलेको सार्वजनिक प्रसारणमा संघीय समर्थनको करिब ६ दशक लामो युग समाप्त भएको भन्दै सन्चार क्षेत्रले चासोका साथ हेरेको छ ।

    Post Views: 198
    प्रकाशित मिति: २०८२ श्रावण १८, शनिबार ११:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.