• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा बजेट कटौतीपछि ६ हजार पत्रकारको रोजगारी जोखिममा, ६० बर्ष पुरानो कर्पोरेसन फर पव्लिक बोर्डकास्टिड बन्द !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १८, शनिबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सन्चार क्षेत्रमा ६० बर्षदेखि चल्दै आएको सन्चार माध्यममा बजेट कटौतिपछि कर्पोरेसन फर पव्लिक बोर्डकास्टिड (सिपिवि) ले शुक्रबार संघीय फन्ड गुमेपछि अब संस्थाले आफ्नो सम्पूर्ण कार्य बन्द गर्ने घोषणा गरेको छ । त्यसबाट अमेरिकाभर ६ हजारभन्दा बढी पत्रकार प्रभावित हुने बताइएको छ । जसका कारण अमेरिका भरिका १ हजार ५०० भन्दा बढी स्थानीय सार्वजनिक प्रसारण स्टेशनहरू र सार्वजनिक सञ्चार प्रणालीलाई ठूलो धक्का पु¥याउने बताइएको छ । जसले पछिल्ला करिब ६० वर्षदेखि सिपिविको सहारामा सेवा प्रदान गर्दै आएका थिए ।

    यो निर्णय पछिल्लो महिनामा रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले सिपिविका लागि दुई वर्षको १.१ अर्ब फन्ड कटौती गर्ने निर्णय गरेपछि आएको अमेरिकी ईतिहासमा सन्चार माध्यमको ठुलो बजेट कटौति भनिएको छ । यो कदम सार्वजनिक सञ्चार र वैदेशिक सहायता कार्यक्रममा ४९ अर्बको समग्र कटौतीको हिस्सा हो ।
    सिपिविकी अध्यक्ष तथा सिईओ प्याट्रिसिया ह्यारिसनले “करोडौं अमेरिकीले फोन, चिठी, र निवेदनमार्फत संघीय सहयोग जोगाउन अपिल गरे तापनि, हामी अब हाम्रो कार्यालय बन्द गर्ने कठोर यथार्थसँग सामना गरिरहेका छौं” भनेकी छिन । ५७ वर्ष पुरानो यो संस्था हरेक वर्ष ५० करोडभन्दा बढी रकम देशभरिका १,५०० स्थानीय स्टेशनहरूमा वितरण गर्दै आएको थियो ।

    संघीय सहयोग भए पनि, स्टेशनहरूले प्रायः दर्शकहरूको दान, व्यवसायिक प्रायोजन, र स्थानीय सरकारको सहयोगमा भर पर्ने गर्दथे । यो सार्वजनिक प्रसारण बन्द हुँदा ग्रामीण क्षेत्र सबैभन्दा प्रभावित हुने बताइएको छ । संघीय अनुदान नपाएपछि अमेरिकाको सार्वजनिक प्रसारण संस्था बन्द हुने भएको छ, जसको सबैभन्दा ठूलो असर ग्रामीण समुदायहरूमा पर्ने देखिएको छ ।

    द गार्जियन समाचारका अनुसार ५४४ अनुदान प्राप्त संस्थामध्ये २४५ वटा ग्रामीण क्षेत्रका छन्, जसले शैक्षिक कार्यक्रम, बालबालिकाको शो, र स्थानीय समाचार प्रसारण बन्द हुने सम्भावना बढाएको छ । सिपिविका अनुसार, यी ग्रामीण स्टेशनहरूमा करिब ६ हजारभन्दा बढीलाई रोजगारी दिइएको थिए । सार्वजनिक प्रसारणले ऐतिहासिक रूपमा प्राकृतिक विपत्तिको समयमा आपतकालीन जानकारी र अन्यत्र नपाइने सांस्कृतिक कार्यक्रमहरूसमेत प्रसारण गर्दै आएको थियो ।

    जुलाईमा प्रकासित एक रिपोर्ट अनुसार, अमेरिकाका तीनमध्ये एक काउन्टीमा पूर्णकालिक स्थानीय पत्रकार छैनन्, जसले ग्रामीण समुदायमा सूचना पहुँच झन् कमजोर बनाएको छ । सेप्टेम्बरको अन्त्यसम्म सिपिविका अधिकांश कर्मचारीहरू बर्खास्त गरिनेछन्, भने जनवरी २०२६ सम्म सानो संक्रमण टोली मात्र बाँकी रहने बताइएको छ ।
    राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले सार्वजनिक सञ्चारमा करदाता रकम खर्च गर्नु अनावश्यक भएको दाबी गर्दै आएका छन् । ट्रम्प प्रशासनले बोर्डका तीन सदस्यमाथि, पद नछाडेको आरोपमा मुद्दा पनि दायर गरेको छ । यो बन्दसँगै सन् १९६७ देखि चलेको सार्वजनिक प्रसारणमा संघीय समर्थनको करिब ६ दशक लामो युग समाप्त भएको भन्दै सन्चार क्षेत्रले चासोका साथ हेरेको छ ।

    Post Views: 269
    प्रकाशित मिति: २०८२ श्रावण १८, शनिबार ११:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.