पछिल्लो समय नेपालका हिमाली जिल्लाहरुमा हिमताल फटेर बगेको बढीले निकै क्षति भएको छ । त्यसलाई वैज्ञानिकहरुले जलवायू परिवर्तनको प्रभावका रुपमा हेरिएको छ । जब जलवायु परिवर्तन र हिमनदीको विषय उठ्छ, ध्यान प्रायः ग्रीनल्यान्ड वा अण्टार्कटिकाका विशाल हिमनदीहरूतिर जान्छ । तर हिमनदीहरू हिमालयमा पनि छन् । तिनीहरूले तलका बासिन्दाहरूका लागि अत्यन्त महत्वपूर्ण जलस्रोत प्रदान गर्छन् । हालै हाम्रो अनुसन्धानले देखाएको छ कि यी हिमालयन हिमनदीहरू पहिले सोचेभन्दा धेरै संवेदनशील छन्, र भविष्यमा अपेक्षित तापक्रम वृद्धिले ती अझ छिटो पग्लन सक्छन् ।

२०१७ र २०१८ मा, हाम्रो एभरड्रिल अनुसन्धान टोलीले नेपालको खुम्बु हिमनदीमा बर्फको तापक्रम मापन गर्न अभियान चलायो । यो कार्यका लागि हामीले एउटा रूपान्तरण गरिएको प्रेशर वाशर प्रयोग गरेर बर्फमा प्वाल खनेर तापक्रम मापन गर्ने विधि अपनायौं । खुम्बुको बर्फ सगरमाथाको पश्चिमी कुम क्षेत्रबाट सुरु भई समुद्री सतहबाट ७,००० मिटरदेखि ४,९०० मिटरको उचाइमा तल झर्छ ।
खुम्बु र अन्य हिमनदीहरूबाट निस्किएको पग्लिएको पानीले लाखौं मानिसको जीवनमा प्रत्यक्ष असर पार्ने जलस्रोतको आपूर्ति गर्छ । हाम्रो टोलीले दुई फिल्ड सिजन (प्रत्येक ६–८ हप्ता) को अवधिमा २७ वटा बोरहोल खनेको थियो, जसको गहिराइ १ मिटरदेखि १९२ मिटर सम्म थियो । यी बोरहोलहरू हालसम्म हिमालय क्षेत्रमा हट–वाटर ड्रिलिङ प्रविधिबाट गरिएको सबैभन्दा गहिरो र विस्तृत मापन हुन् ।
हामीले तयार गरेका विशेष थर्मिस्टोर सेन्सरहरू बोरहोलहरूमा जडान ग¥यौं र ६ महिनापछि डेटा संकलन गर्न फिर्ता गयौं । प्रमुख पत्ता लागेको कुरा भनेको हामीले अपेक्षा गरेकोभन्दा बर्फ धेरै न्यानो भएको थियो । सबैभन्दा चिसो मापन थियो, जबकि उक्त उचाइमा औसत वायुमण्डलीय तापक्रम तातो हुन्छ ।
यसको अर्थ, खुम्बु हिमनदी अब भविष्यमा तापक्रम वृद्धिको सानो असरमै पनि छिटो प्रतिक्रिया जनाउनेछ । अनुसन्धानहरू अनुसार, विश्वव्यापी तापक्रम १.५ डिग्री बढ्दा उच्च हिमाली क्षेत्रमा यो वृद्धि २.१डिग्री हुन सक्छ । यसको परिणाम स्वरूप यहाँका हिमनदीहरू तीव्र गतिमा पग्लनेछन् । हालको अवस्थामा तिनीहरूले पानी आपूर्ति बढाउने भए पनि, जब बर्फको मात्रा घट्दै जान्छ, यो स्रोत दीर्घकालीन रूपमा घट्नेछ । भविष्यवाणी अनुसार सन् २०५० तिर “पिक वाटर“ (उच्चतम पानी आपूर्ति) आइपुग्ने सम्भावना छ ।
यो सबै नराम्रो खबर मात्रै होइन । पहिलो, हामीले खुम्बुमा मापन गरेको तापक्रम अन्य हिमनदीहरूमा पनि समान छ कि छैन, त्यो अझै स्पष्ट छैन थप अध्ययन आवश्यक छ । दोस्रो, खुम्बु र अन्य धेरै हिमालयन हिमनदीहरू डेब्रिस–कभर (ढुंगा, माटो, चट्टानले ढाकिएको) हुन्छन्, जसले बर्फ पग्लनबाट केही हदसम्म जोगाउँछ । जहाँ यो डेब्रिस बाक्लो हुन्छ, त्यहाँ यो ’कम्फल रजाई’ जस्तै काम गर्छ र पग्लने गति कम गर्छ ।
तर यसको पनि असर छ पग्लनको मुख्य क्षेत्र माथिल्लो भागमा सर्छ, जहाँ डेब्रिस पातलो हुन्छ । यस्तो अवस्थामा तलको भाग चाँडै अलग हुन सक्छ र नयाँ टर्मिनस (अन्त्यबिन्दु) माथि सर्न सक्छ । यद्यपि तलको टुक्रिएको भाग अझै डेब्रिसले ढाकिएको हुनाले तुरुन्तै पग्लिने सम्भावना कम हुन्छ । हाम्रो सबैभन्दा गहिरो बोरहोल १९२ मिटरको थियो र अझै तलको चट्टानसम्म पुगेको थिएन त्यसैले खुम्बुमा अझै धेरै बर्फ बाँकी हुन सक्छ ।
अब हामीले मापन गरेको तापक्रमको डेटा एक आइस फ्लो मोडल मा प्रविष्ट गरिरहेका छौं, जसले खुम्बु हिमनदीको भविष्यमा पग्लने गति र त्यसको नदी प्रणालीमा पर्ने असरको पूर्वानुमान गर्न मद्दत पुर्याउनेछ । यसैबीच, हामी अझै पनि उच्च हिमनदीहरूको तापक्रम मापन गरिरहेका छौं, ताकि जलवायु परिवर्तनले संसारका सबैभन्दा अग्ला बर्फ क्षेत्रमा कस्तो असर पार्छ भन्ने अझ गहिरो बुझाइ प्राप्त गर्न सकियोस् । पछिल्ला दिनहरुमा हिमाल पग्लने र हिमताल फुट्ने कार्यहरुले वैज्ञानिकहरुले गरेको अनुमान मिल्दै गएको छ ।




