• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १९, शनिबार ०४:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले राजदुतहरुको खुल्ला प्रतिस्पर्धाबाट चयन गर्ने तयारी शुरु गरेसंगै दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने गृहकार्य पनि संगसैगै गरिरहेको छ। परराष्ट्र मन्त्रालय श्रोतका अनुसार विभिन्न चरणमा छलफल भएर हाल दुतावास भईरहेको डेनमार्क, फिनल्यान्ड, पोर्चुगल, दक्षिण अफ्रिका, अस्ट्रिया, स्पेन, म्यानमार, इजिप्ट, क्यानडा, ब्राजिलस्थित नेपाली दूतावास खारेजीको तयारी अगाडी बढाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयको बृहत् पुनःसंरचनाका विषयमा कूटनीतिज्ञहरूको राय लिरहेको राय संकलन गर्ने क्रममा ती देशहरुमा दुतावास अनावश्यक खर्च भैरहेको निश्कर्ष निकालेको हो ।

    दूतावासको संख्या घटाउने र नयाँ दूतावास खोल्ने विषयमा मन्त्रालयले आन्तरिक छलफल गरिरहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको हो जसमा अहिले कायम नेपालका ३४ वटा दूतावास र १० वटा महावाणिज्य दूतावास गरी ४४ वटा नियोग कार्यरत रहेकोमा त्यसमा ३० देखि ४० प्रतिशत घटाउने गृहकार्य शुरु भएको छ ।
    विगतमा पार्टीगत भागबण्डामा आफ्ना कार्यकर्तालाई राजदूत बनाएर पठाउनकै लागि अनावश्यक दूतावास खोलिएको भन्दै करिब १० वटा दूतावास खारेज गर्ने तयारी भैरहेको परराष्ट्र मन्त्रालयको बुझाई छ । जुन विषय एक हदसम्म सत्य पनि हो । परराष्ट्र मन्त्रालयले खाली भएको आधा मात्रै रिक्त राजदुतको पदपुर्ति विज्ञापन निकाल्ने तयारी गरिरअ‍ेको बताइएको छ । जुन दुतावासको रिक्त राजदुत पदको लागि विज्ञापन खुल्दैन ती दुतावास खारेजीमा पर्ने पक्का छ परराष्ट्र श्रोतले दावी गरयो ।

    परराष्ट्र‘मन्त्रीले सचिवज्यू र उच्च पदस्थ अधिकारी राखेर मन्त्रालय पुनसंरचनाको खाका तयार गर्न निर्देशन दिएको र ‘विदेशस्थित नेपाली नियोगहरूको पुनरवलोकनको विषय समेटिएको छ जसमा ८ देखि १० वटा दूतावास खारेज गर्ने गरी खाका तयार भएको बताइएको छ । केही दिनअघि परराष्ट्रमन्त्री खनालले पूर्वराजदूत विजयकान्त कर्ण र वरिष्ठ पत्रकार अजयभद्र खनालसँग मन्त्रालयको पुनर्संरचनाका विषयमा सुझाव लिएका थिए। कर्णका अनुसार परराष्ट्रमन्त्री खनालले मन्त्रालयको पुनर्संरचनाका लागि काम गरिरहेका छन्।

    पूर्वराजदूत कर्णले मन्त्री खनाललाई डेनमार्क, फिनल्यान्ड, पोर्चुगल, दक्षिण अफ्रिका, अस्ट्रिया, स्पेन, म्यानमार, इजिप्ट, क्यानडा, ब्राजिलस्थित नेपाली दूतावास खारेजीको सुझाव दिएका छन्। ती देशहरुको दूतावास हटाएर तिनको काम नजिकैका दूतावासबाट गर्न सकिन्छ। स्विजरल्यान्ड, फ्रान्स, बेलायत, अमेरिकास्थित दूतावासमा कर्मचारी थपेर काम गर्न सकिन्छ। यसबाट ठुलो खर्च घटाउँने ठहर गरिएको छ । अनलाइनबाट काम भइरहेकाले धेरै ठाउँका महावाणिज्यदूतावास पनि खारेज गर्नु आवश्यक देखिएको कर्णको बुझाइ छ। ‘दूतावासको संख्या हटाउने र राख्ने दूतावासको क्षमता बढाउने हो।

    ‘भारतको दिल्लीमा दूतावास र कोलकातामा मात्र महावाणिज्यदूतावास भयो। मुम्बई र बेङ्लोरमा पनि महावाणिज्य दूतावास आवश्यक रहेको उनिहरुको बुझाई छ । त्यसैगरी विभिन्न देशमा राजनीतिक पहुँचका भरमा बाँडिएको अवैतनिक बाणिज्यदुतहरु पनि खारेज गर्ने तयारीमा परराष्ट्र मन्त्रालय जुटेको बुझिएको छ । यतिखेर विश्वका विभिन्न शहरहरुमा रहेको अवैतनिक वाणिज्यदुतहरुले देशको पक्षमा काम गर्नु भन्दा व्यक्तिगत फाईदा र मानव तस्करीको आरोपमा मुछिएकोले त्यस्ता आधा भन्दा बढी खारेज गर्नुपर्ने निश्कर्षमा परराष्ट्र मन्त्रालय रहेको बताईएको छ ।

    परराष्ट्रमन्त्री खनालले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको गृहकार्य गरिरहेका छन्। पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्न लागिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत २४ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्ति गरेका ६ जना राजदूतलाई फिर्ता बोलाइसकेको छ। अहिले भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र साउथ अफ्रिकासहित १७ नियोगमा राजदूत रिक्त छन्। ओली सरकारले ३४ वटा नियोगमध्ये १७ मा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ बैशाख १९, शनिबार ०४:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ४. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ५. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.