• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा टेक्सासका सांसदहरुले चल्दै गरेको संसद छोडेर भागेपछि पक्राउ आदेश जारी ! सांसदलाई प्रतिदिन ५ सय डलर जरिवाना तोकियो

"डेमोक्र्याट सांसदहरु किन संसद छोडेर भागे ?  "
  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २२, बुधबार ०४:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यतिखेर अमेरिकीको टेक्सास राज्यका सांसदहरुले संसदको तोकिएको सत्र छाडेर भागेपछि उनिहरुलाई पक्राउ पुर्जी जारी भएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले सोमबार भनेका छन कि फर्किएर नआउने डेमोक्र्याट सांसदहरूलाई पक्राउ गर्ने र सम्भवतः पदमुक्त गरेर प्रतिस्थापन गर्ने प्रयास गर्ने चेतावनी दिएका छन ।

    संसदमा सिट बढाउन खोजेको भन्दै डेमोक्र्याट संसादहरु संसदको ताकिएको सत्र छाडेर भागेपछि उनिहरुलाई पक्राउ गरी तोकिएको संसदमा सहभागी गराउन गर्भनर एवर्टले सुचना जारी गरेका छन । टेक्सास सिनेटरले राज्यबाट भागेका डेमोक्र्याटिक सांसदहरूलाई पक्राउ गर्न एफबीआईलाई सहयोग गर्न अनुरोध गरे पनि गरेका छन । यो राजनीतिक तरंगले अमेरिकी राजनीति तातेको छ । टेक्सासका सिनेटर जोन कोर्निनले एफबीआई निर्देशक काश पटेललाई पत्र लेख्दै राज्यबाट भागेका डेमोक्र्याट सांसदहरूलाई फेला पार्न र पक्राउ गर्न टेक्सासको कानून कार्यान्वयन निकायलाई सहायता गर्न “उपयुक्त कुनै पनि कदम“ चाल्न आग्रह गरेका छन् ।

    “ प्रजातन्त्रमा, हामी आफ्ना मतभेदहरू छलफल र मतदान गरेर समाधान गर्छौं, भागेर होइन,” कोर्निनले दुई दिनदेखि जारी बैठकमा बैठक बस्ने संख्या नपुगेपछि पत्र लेखेका हुन । उनले पत्रमा “यी सांसदहरूले आफ्नो संवैधानिक जिम्मेवारीबाट बच्न हतारमा सम्भावित आपराधिक कार्य गरेका छन् र तिनीहरूको पूर्ण रूपमा अनुसन्धान गरी जवाफदेही बनाइनुपर्छ ।”

    अमेरिकी सविधान अनुसार प्रत्येक १० वर्षमा हुने जनगणनापछि, अमेरिका भरिका ५० वटै राज्यहरूले आफ्ना कंग्रेसीयन निर्वाचन क्षेत्रहरू पुनःनिर्धारण गर्नुपर्ने कानुी प्रावधान छ । ताकि जनसंख्यामा भएका परिवर्तनअनुसार जनप्रतिनिधित्व समान रहोस् । अमेरिकी संविधानले प्रत्येक राज्यको संसदलाई आफ्ना निर्वाचन क्षेत्रको सीमांकन गर्ने अधिकार पनि दिएको छ । तर १८औं शताब्दीदेखि नै राजनीतिज्ञहरूले यो अधिकारको दुरुपयोग गर्दै आफ्ना विपक्षीहरूलाई कमजोर पार्न सीमांकनमा हेरफेर गर्ने गरेको द गार्जियनले समाचार लेखेको छ । यस अघि पनि जुन दलले आफ्नो बहुमत हुन्छ यस्तै कार्य गर्ने गरेका छन गार्जियनको समाचारमा उल्लेख गर्दै भनेको छ यस पटक पनि यस्तै भएको हो । यद्यपि प्रत्येक दशकमा सीमांकन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, संविधानमा दशक नपुगीकन सीमाना फेरबदल गर्न भने रोक भने लगाइएको छैन । यसको मतलव १० बर्ष अगावै पनि गर्न सकिन्छ भनिएको छ ।

    हाल अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनको अत्यन्तै झिनो बहुमत छ, २१९ सीट रिपव्लिकन र डेमोक्र्याटको २१२ सीट (४ सीट रिक्त छन)। सन् २०२६ मा हुने मध्यावधि चुनावमा सत्तारूढ दलले सामान्यतः घाटा बेहोर्ने भएकाले रिपब्लिकनहरूले भविष्यको खतरा महशुस गरेका छन् । टेक्सासमा ३८ वटा अमेरिकी हाउस सीट छन् (क्यालिफोर्नियापछि दोस्रो धेरै) । यसमध्ये रिपब्लिकनले हाल २५ सीट नियन्त्रणमा लिएका छन् । आफ्नो पकड बलियो बनाउन डोनाल्ड ट्रम्पले टेक्सासका गभर्नर ग्रेग एबटलाई नयाँ रिपब्लिकनमैत्री निर्वाचन क्षेत्र बनाउने गरी सीमांकन गर्न आग्रह गरेको बताईदै आएाके छ ।


    गभर्नर एबटले विशेष अधिवेशन बोलाएर नयाँ नक्शा तयार गर्न पहल गरे । गत साता सार्वजनिक गरिएको नक्शामा रिपब्लिकनहरूले ५ वटा नयाँ सीट थप्ने योजना देखाएका छन्, जसले राज्य प्रतिनिधिमण्डलमा ३०–८ को बहुमत दिलाउने लक्ष्य राखेको देखिन्छ । सन् २००३ मा पनि टेक्सासले दशक नपुगी सीमांकन परिवर्तन गरेको थियो । सन् २००६ मा अमेरिकी सर्वोच्च अदालतले यस्तो कार्य संविधानविपरीत नभएको ठहर गरेको थियो ।
    त्यस्तै, सन् २०१९ मा भएको ५–४ को फैसला अनुसार, सर्वोच्च अदालतले पार्टीनिहित फाइदाका लागि गरिने गेरिम्याण्डरिङमा संघीय अदालतले हस्तक्षेप गर्न नपाउने निर्णय सुनाएको थियो चाहे त्यो कति नै अन्यायपूर्ण किन नहोस् ।

    टेक्सास राज्य सभामा डेमोक्र्याटहरू अल्पसंख्यकमा छन् जहाँ १५० संसद सदस्यमध्ये ६२ जना डेमोक्र्याट छन भने रिपव्लिकनको बहुमत छ । तर सदनको नियम अनुसार कुनैपनि निर्णय गर्न दुई–तिहाइ सदस्यको उपस्थिति आवश्यक हुन्छ । उपस्थिति नदेखाउन र तत्काल त्यो कार्य गर्न रोक्ने उनिहरुले उपस्थिति नदेखाउन संसदमा उपीसथति नभएको बताइएको छ ।

    यसैकारण, ५१ भन्दा बढी डेमोक्र्याट सांसद आइतबार राज्यबाट भागेर इलिनोइस, म्यासाचुसेट्स र न्यूयोर्क गएका छन्, जसले कोरम नभएर सीमांकन सम्बन्धी प्रस्ताव अघि बढ्न सकेको छैन । यो पहिलो पटक होइन – सन् २०२१ मा पनि डेमोक्र्याटहरू नयाँ मतदान प्रतिबन्ध रोक्न वाशिङ्टन डीसी भागेका थिए । त्यस बेला केही हप्तापछि उनीहरू फर्किए र कानून पास भयो । सन् २००३ मा पनि उनीहरूले यसैगरी रेडिस्ट्रिक्टिङ रोक्न प्रयास गरेका थिए ।

    टेक्सास हाउसले सोमबार भागेका सदस्यहरूलाई पक्राउ गर्न वारेन्ट जारी गर्ने अधिकार दिएको छ । तर तिनीहरू राज्यबाहिर भएकाले यस्तो आदेश कार्यान्वयन हुने सम्भावना कम हुने बताइएको छ । राज्य भित्रै रहँदा त्यसरी संसद छल्न खोज्ने सांसद पक्राउ गर्ने अधिकार दिइएको छ । टेक्सासका गभर्नर एबट र टेक्सासका अटर्नी जनरल केन प्याक्सटनले डेमोक्र्याटहरूमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्याक्सटनको कार्यालयको सन् २०२१ को एक गैर–बाध्यकारी कानुनी रायको हवाला दिँदै एबटले कोरम तोड्ने सांसदहरूलाई पदमुक्त गर्ने संकेत दिएका छन्। तर यस्तो असाधारण कदम टेक्सास अदालतमार्फत जानुपर्नेछ र कानुनी प्रक्रिया लामो समयसम्म चल्न सक्नेछ ।
    यस घटनालाई टेक्सास रिपब्लिकनहरूले अर्को वर्षको मध्यावधि निर्वाचनअघि डोनाल्ड ट्रम्पलाई थप कंग्रेस सीट दिलाउन असाधारण रूपमा केही वर्ष अगावै पुनःसीमांकन गर्ने कदम भएको आरोप लगाएका छन । त्यसैले उक्त योजना रोक्न डेमोक्र्याटिक राज्य सांसदहरू आइतबार राज्यबाट भागे, ताकि कंग्रेसमा आवश्यक कोरम नपुगी उक्त कानून पारित हुन नपाओस् ।

    सांसदलाई प्रतिदिन ५ सय डलर जरिवाना तोकियो

    आज गभर्नर ग्रेग एबटको पक्राउ आदेशको सम्भावनाबीच टेक्सासबाट भागेका डेमोक्र्याट सांसदहरूलाई अब प्रतिदिन ५०० डलर जरिवाना लाग्ने भएको छ । यी सांसदहरूले रिपब्लिकन बहुमत रहेको राज्य सभालाई आवश्यक कोरम नपुग्ने बनाएर टेक्सासको कंग्रेसियल नक्शा पुनःनिर्धारण गर्ने प्रस्तावलाई रोक्ने प्रयास गरेका छन् । उनीहरू आइतबार राज्य छाडेर बाहिरिएका थिए, जसले राज्य सभाको कार्यप्रगति पूर्ण रूपमा रोकिएको छ । डेमोक्र्याटहरूका लागि यो कदम ठूलो राजनीतिक जोखिमपूर्ण देखिएको छ । कोरम तोड्ने कामले उनीहरूलाई आर्थिक दण्ड त लाग्ने भयो नै, अब राज्यका रिपब्लिकन नेताहरूले उनीहरूलाई कानुनी रूपमा झनै कडा चुनौती दिन सक्ने संकेत दिएका छन् । गभर्नर एबटले यसअघि पनि यसरी भागेका सांसदहरूलाई “कानुनी कारबाही र संभावित पदमुक्ति“ को चेतावनी दिएका थिए । तर डेमोक्र्याटहरू भने यो कदमलाई लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न उठाइएको आवश्यक प्रतिरोधको रूपमा देखिरहेका छन् । यो घटनाक्रम टेक्सासमा चलिरहेको पुनःसीमांकन विवादलाई थप जटिल बनाउँदै गएको छ।

    Post Views: 409
    प्रकाशित मिति: २०८२ श्रावण २२, बुधबार ०४:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
    अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

    • २. अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

    • ३. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • ४. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ५. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    चर्चित
    • १. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • २. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ३. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.