• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भिजिट भिषा प्रकरणः भारत र सिंगापुरको एयरपोर्ट प्रयोग भएको खुलासा !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २४, शुक्रबार ०८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ भएपछि मानव तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउन भारतको पश्चिम बंगालस्थित बागडोग्रा र सिंगापुरको सिंगापुरको चांगी विमानस्थल प्रयोग गर्न थालेका छन्। भिजिट भिसामा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन नेपालका विमानस्थलबाट कठिन हुन थालेपछि सिलगुडी हुँदै बागडोग्रा र सिंगापुर चांगी विमानस्थलमा पुर्‍याएर उडाउन थालिएको एक म्यानपावर व्यवसायीले जानकारी दिए। तर भारतस्थित नेपाली दुतावासले गरेको कडा निगरानीका कारण भारतबाट तेश्रो मुलुक पठाउने दलालीहरु पक्राउ पर्न थालेका छन । पछिल्लो एक महिनामा एक सय भन्दा बढी नेपालीहरु अबैध रुपमा भारतीय एयरपोर्ट प्रयोग गरी भिजिट भिषामा जानलागेको थाहा पाएर पक्राउ परेका छन ।

    ‘नेपालको विमानस्थलबाट निकै कठिन भएकोले जता सहज हुन्छ उतैबाट पठाउने भन्दै कहिले दिल्ली एयरपोर्ट त कहिले बागडोग्रा एयरपोर्टबाट पठाउने सुचना अनुसार सरकारले ती देशहरुसंग समन्वय गरी अबैध कार्य रोक्ने कोसिस गरी रहेको छ । एक व्यवसायीका अनुसार पछिल्लो पटक अलि बढी पैसा तिर्न तयार हुने नेपालीलाई सिंगापुर चांगी एयरपोर्टबाट पनि विदेश पठाउन थालिएको छ ।

    ‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागिएका ४७ नेपाली महिलालाई गत बुधबार साँझ भारतको दिल्लीस्थित विमानस्थलबाट उद्धार गरेर नेपाल ल्याइएको थियो। उनीहरूलाई पनि बागडोग्रा एयरपोर्टबाट पठाउन लागिएको थियो। तर दिल्लीको टिकट काटिएकाले उनीहरू त्यहाँ फेला परेका थिए। उनीहरूका साथमा कोलकाता विमानस्थल प्रयोगका लागि तयार पारिएको नो अब्जेक्सन सर्टिफिकेट भेटिएको छ। ‘दिल्लीबाट उद्धार गरिएका महिलाहरूमा कोलकाता विमानस्थलको एनओसी भेटिएको छ। केहीले च्यातेर नष्ट गरेको पनि पाएका छौं,’ नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ। यो विषयमा ब्युरोले पीडितहरूबाट जाहेरी लिएर अनुसन्धान सुरु गरिसकेको छ। काठमाडौं जिल्ला अदालत स्रोतले दिएको जानकारीअनुसार ४७ महिलामध्ये १९ जनाले जाहेरी दिएका छन्।

    उनीहरूले जाहेरी दिएपछि प्रहरीले आशंकित व्यक्तिहरूको खोजी सुरु गरेको छ। भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई नेपाल प्रहरी र दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको थियो। भिजिट भिसा दुरूपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदम चालेको थियो। विमानस्थलबाट कडाइ हुन थालेपछि मानव तस्करहरूले वैकल्पिक माध्यम र मार्ग प्रयोग गर्न थालेका हुन्। ‘दुबई, दिल्लीमा रहेका मानव तस्कहरूले भिजिट भिसाको दुरूपयोग गर्ने र सोही अनुकूलको हवाई रुट प्रयोग गरेको देखिन्छ,’ मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ ।
    भिजिट भिसामार्फत मोटो रकम लिएर खाडी मुलुकमा पुर्‍याएर अलपत्र पार्ने क्रम नरोकिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेलाबखत छापा मारेर कर्मचारीमाथि अनुसन्धान गर्ने गरेको छ। धेरै मानिस विदेशमा रोजगारी वा राम्रो जीवनस्तरको आशामा विभिन्न मुलुकको भिजिट भिसा लिएर जाने गरेको र त्यही भिसा दुरूपयोग गरी उनीहरूलाई गैरकानुनी तरिकाले जबर्जस्ती श्रममा लगाइने वा मानव बेचबिखनमा संलग्न गरिने जस्ता क्रियाकलापहरू भएको पाइएपछि यसको व्यापक आलोचना हुँदै आएको छ।

     

    Post Views: 355
    प्रकाशित मिति: २०८२ श्रावण २४, शुक्रबार ०८:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    Advertisement
    ताजा अपडेट
    • १. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • २. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.