• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन अलास्कामा भेटवार्ता हुने, पहिलो चरणमा यूक्रेनको संलग्नता नरहने !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २५, शनिबार ०६:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लामिदिर पुटिनबीच आगामी शुक्रबार आलास्कामा भेटवार्टा हुने भएको छ । यो भेट विश्व राजनीतिमा निकै अर्थपुर्ण रुपमा हेरिएकोछ । डोनाल्ड ट्रम्पले भनेका छन् कि उनी अर्को हप्ता युक्रेनको युद्धबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नेछन् र तीन वर्ष भन्दा लामो समयदेखि चलिरहेको युद्धको अन्त्यका लागि “केही भू–भागहरूको अदल–बदल” आवश्यक पर्ने बताएका छन् । ट्रम्पले भनेअनुसार, उनी पुटिनसँग भेट गर्न आउँदो शुक्रबार अलास्कामा योजना बनाइरहेका छन् । उनले यो स्थान आफ्नो ट्रुथ सोसल साइटमा छोटो पोस्टमार्फत सार्वजनिक गरेका हुन् ।

    त्यसअघि, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “यो भेट पहिले नै हुन सक्थ्यो, तर जति सुरक्षा व्यवस्थाहरू मिलाउनु पर्ने हुन्छ, त्यसैले ढिलाइ भयो जस्तो लाग्छ । ” अमेरिकी राष्ट्रपतिले थप भने, “युक्रेन र रुस दुबैको फाइदाको लागि केही भू–भागहरूको अदल–बदल हुनेछ” र यो विषय चाँडै छलफल गरिनेछ, यद्यपि उनले थप विवरण भने बताएनन द गार्जियन समाचारले लेखेको छ ।

    ब्लूमबर्गले शुक्रबार रिपोर्ट गरेको छ कि उक्त सहमतिले पुटिनको युक्रेनमा हासिल गरेका केही भू–भागहरूलाई औपचारिकता दिन सक्छ, जसको अर्थ खेरसोन र जापोरीझिया क्षेत्रहरूमा युद्धको रेखा स्थिर पारिन सक्छ । पुटिनले युक्रेनका चार क्षेत्रहरूमा आफ्नो दाबी गरेका छन्, यद्यपि ती क्षेत्रहरूको धेरै हिस्सा अझै युक्रेनी नियन्त्रणमै छ ।
    ब्लूमबर्गका अनुसार, अमेरिकी र रुसी अधिकारीहरू यस्तो सहमतिको तयारीमा छन्, जसअन्तर्गत रुसले आफ्नो आक्रमण रोक्ने सन्दर्भमा केही भू–भागहरूमा यथास्थितिको स्वीकारोक्ति पाउनेछ जुन युक्रेनभित्र राजनीतिक रूपमा निकै विवादास्पद प्रस्ताव बन्न सक्छ । ट्रम्प यसअघि नै पूर्वशर्तबिनै पुटिनसँग प्रत्यक्ष भेट गर्न तयार रहेको बताइसकेका छन्, जसमा पुटिन र जेलेंस्कीबीच प्रत्यक्ष वार्ताको सम्भावना पनि समावेश छ । यसले केही चिन्ता बढाएको छ कि युक्रेनलाई संभावित युद्धविरामको प्रारूपमा वार्ताबाट बाहिर राखिनेछ । यदि यो सम्मेलन हुन्छ भने, यो सन् २०२१ पछि पहिलो अमेरिका–रुस शिखर सम्मेलन हुनेछ, जब तत्कालीन राष्ट्रपति जो बाइडेनले जिनेभामा पुटिनसँग भेट गरेका थिए ।

    अमेरिकी दूत स्टिभ विटकोफले ट्रम्प, पुटिन र जेलेंस्कीबीच त्रिपक्षीय बैठकको प्रस्ताव गरेका थिए, तर पुटिनका सहयोगी युरी उशाकोभका अनुसार क्रेमलिनले उक्त प्रस्तावलाई बेवास्ता गरेको छ र “पहिलो चरणमा ट्रम्पसँग द्विपक्षीय भेटको तयारीमा केन्द्रित भएको” बताएका छन् । पुटिनले भनेका छन् कि उनी जेलेंस्कीसँग भेट्न तयार छैनन्, यद्यपि क्रेमलिनले भने ट्रम्पसँगको द्विपक्षीय शिखर सम्मेलनको तयारी भइरहेको दाबी गरेको छ ।

    गत महिना ट्रम्पले पुटिनलाई युद्धविरामको लागि सहमत हुन अन्तिम चेतावनी दिएका थिए, नत्र उनले दोस्रो तहको प्रतिबन्ध लागु गर्ने बताएका थिए, जसको समयसीमा यही शुक्रबार तोकिएको थियो । यो चेतावनी अझै कायम देखिन्छ, यद्यपि शिखर सम्मेलनको योजना सार्वजनिक भइसकेको छ । ह्वाइट हाउसले भने के कस्ता दोस्रो तहका कदमहरू चाल्न सकिन्छ भन्ने खुलाएको छैन ।

    Post Views: 279
    प्रकाशित मिति: २०८२ श्रावण २५, शनिबार ०६:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • २. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ३. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • ४. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ४. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.