• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालबाट धेरै निर्यात हुनेमा भारत पहिलो, अमेरिका दोस्रो

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २८, मंगलवार ०७:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका सामान बढी निर्यात हुने पहिलो गन्तव्य मुलुक भारत हो । दोस्रो बढी निर्यात हुनेमा अमेरिका हो । नेपालबाट अमेरिकामा करिब ३ सय २० प्रकारका वस्तु निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार नेपालले करिब १८ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु अमेरिका निर्यात गरेको थियो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट १७ अर्ब ३२ करोड निर्यात भएको थियो । गत आवमा कुल निर्यातको ६.६१ प्रतिशत हिस्सा भारतमा भएको छ । गत आव नेपालले कुल २ खर्ब ७७ अर्ब ३ लाख रुपैयाँ बरारको निर्यात गरेको थियो ।

    यद्यपि नेपालले अमेरिकाबाट गत आवमा २५ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो कुल आयातको १.४४ प्रतिशत हो । नेपालले बढी आयात गर्ने पहिलो मुलुक भारत हो भने अमेरिका चौथो मुलुकको रुपमा देखिन्छ । गत आव नेपालको कुल आयात १८ खर्ब ४ अर्ब रुपैयाँ बराबर थियो । भारतबाट मात्रै १० खर्ब ७१ अर्ब बराबरको आयात गरेको थियो । यो कुल आयातको ५९.३४ प्रतिशत हिस्सा हो ।

    नेपालले गर्ने आयातको बढि हिस्सा छिमेकी मुलुक भारत भएसँगै निर्यात ( निकासी) मा पनि अधिक छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात २ खर्ब २४ अर्व ६८ करोड पुगेको छ । यो अघिल्लो वर्षकोभन्दा समीक्षा अवधिमा ११७.८ प्रतिशतले बढी हो । जसअनुरूप नेपालको कुल निकासीमा आर्थिक वर्षका सो हिस्सा ८१.१० प्रतिशत पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७.७१ प्रतिशत मात्रे थियो ।

    यस्तै, नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, यूएई,, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरल्यान्डस र अफगानिस्तान प्रमुख देखिन्छन् ।

    यता समग्रमा आयात (पैठारी)तर्फ सधैं अधिक हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयातमा ४.२९ प्रतिशतले ह्रास आएको छ । आव २०८१÷८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा सो दरले आयात घट्दा २ खर्ब ८७ अर्ब ६५ करोडको आयात भयो । तर, नेपालमा फलाम तथा स्टिल र तिनका उत्पादनहरूको निर्यातमा दोस्रो हिस्सा ओगटेको यसले आयात १ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँको ग¥यो । यो अघिल्लो वर्षकोभन्दा १०.१८ प्रतिशतले बढि हो । यसैगरी, मेसिनरी तथा पाट्र्सको आयातमा १२.९८ प्रतिशतले वृद्धि भई १ खर्ब २४ अर्ब १५ करोड पुगेको छ । यसपछि कच्चा भटमास तेलको आयातमा ७११.९६ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

    औषधिको आयातमा ०.७९ प्रतिशतले बढेको छ । जसले गत आव ४२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको ७३ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जाको १ खर्ब ९ अर्ब १२ करोड, कच्चा पाम तेल ६ अर्ब ८२ करोड, अन्नको ६० अर्ब ७८ करोड , तयारी पोसाकको ४१ खर्ब ७ अर्ब र दूरसञ्चारका सामग्रीको ४३ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    यस्तै, गत आव सुनको आयातमा २३.१७ प्रतिशतले ह्रास आई १९ अर्ब ९५ करोड भित्रियो । यसअनुरूप नेपालले आयात गर्ने प्रमुख स्थानमा रहेका मुलुकहरूमा भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, यूएई, युक्रेन, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिल, फ्रान्स, कतार र क्यानडा प्रमुख रुपमा छन् ।

    Post Views: 158
    प्रकाशित मिति: २०८२ श्रावण २८, मंगलवार ०७:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.