• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्प भेट्न यूरोपेली नेताको लस्कर

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २, सोमबार ०८:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दैछन्।  जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्पसँग भेटवार्ता गर्न लागेका हुन्।

    युक्रेनमा युद्धविरामबारे ट्रम्पले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए। तीन घन्टासम्म चलेको वार्तामा के कुराकानी भयो, सम्झौता कसरी गर्ने भन्ने विषयमा भएको छलफलबारे ट्रम्पले जेलेन्स्कीलाई जानकारी गराउन लागेका हुन्।

    ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा जेलेन्स्कीले तितो अनुभव लिइसकेका छन्। गत फेब्रुअरीमा खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्की राष्ट्रपति ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच भनाभन भएको थियो। त्यसयता जेलेन्स्कीले पटकपटक भेटवार्ता गर्न खोजे पनि ट्रम्पले उनीसँग औपचारिक रूपमा लामो भेट गरेका छैनन्।

    ह्वाइट हाउसमा चर्काचर्की भएको दुई महिनापछि ट्रम्प र जेलेन्स्कीबीच इटालीको रोममा १५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यतिबेला क्याथोलिक चर्चका तत्कालीन प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन ट्रम्प रोम पुगेका थिए। त्यहीँ पुगेका जेलेन्स्कीसँग उनले १५ मिनेट कुराकानी गरेका थिए।

    त्यसयता ट्रम्प र जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता भएको छैन। सोमबारको भेटवार्ता सकारात्मक भए ट्रम्प, पुटिन र जेलेन्स्कीबीचको त्रिपक्षीय वार्ता तय हुनेछ। आजको वार्ता सफल भए अर्को साताभित्रै त्रिपक्षीय भेटवार्ताको चाँजोपाँजो मिलाउने तयारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। यसपालि फेब्रुअरीको भेटवार्ताजस्तो नहोस् भन्नका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि ह्वाइट हाउसको भेटवार्तामा सहभागी हुने बताइएको छ।

    बेलायती प्रधानमन्त्री केअर स्टार्मर, जर्मनीका चान्स्लर फ्रेडरिक मर्ज, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपेली संघका प्रमुख उर्सुला भोन देर लेयन, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटोका महासचिव मार्क रुट्टे पनि ह्वाइट हाउस जाने अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

    Post Views: 316
    प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार ०८:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.