• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १७, मंगलवार ०४:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वर्ष २०८१ का लागि पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची प्रकाशित भएको थियो । सोही सूचीबाट छालबाटोले पुरस्कार जितेको हो ।

    ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापन जस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको छ ।  यस्तै, खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यसपटक पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गरेको छ ।

    यो सम्मान प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्‍याएका दीर्घसाधकलाई प्रदान गर्ने गरिन्छ । सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायत करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

    त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा। डा। अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा।डा। सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । यी सबै पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

    Post Views: 208
    प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ०४:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.