अध्यक्षमा श्रीमती विद्या गुरुङलाई निर्वाचित गर्दै नासाको ३४ औ सम्म्ेलन एटलान्टामा सम्पन्न भएको छ । अन्य पदाधिकारीहरुमा कार्यकारी उपाध्यक्षमा डा. दिलीप पन्थी, नर्थ क्यारोलिना, उपाध्यक्षमा श्री प्रणय लामा, जर्जिया, महासचिवमा श्रीमती शिक्षा गौतम, जर्जिया, सह–सचिवमा श्रीमती बिमला अधिकारी (बिनु), नर्थ क्यारोलिना चुनिएका छन ।
त्यसैगरी १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यहरुमा राजेन्द्र न्यौपाने, साउथ क्यारोलिना, सुवास पोखरेल, मेरील्याण्ड, डा. शंकर पी. पराजुली, म्यासाचुसेट्स, होम लम्साल नर्थ क्यारोलिना, श्रीमती कल्पना भट्टराई, जर्जिया, श्रीमती कुसुम बराल, साउथ क्यारोलिना, गुरु प्रसाद ढुंगेल, साउथ क्यारोलिना, श्रीमती रमा पाहारी, फ्लोरिडा, रुबी बराल, जर्जिया, श्रीमती प्रतिभा खड्का, लस एन्जलस, अभिराज राजवंशी, साउथ क्यारोलिना, निशान्त अर्याल, जर्जिया, जय नारायण साह, जर्जिया निर्विरोध निर्वार्चित भएको निर्वाचन आयूक्त एवं पुर्व अध्यक्ष विनय अर्यालले बताएका छन । कार्य समितिमा कोसाध्यक्ष पद खाली रहेको छ ।


नासाको ३४ औ सम्मेलनको उद्घाटन नेपालका लागि अमेरिकी राजदुत लोकदर्शन रेग्मीबाट भएको थियो । अमेरिका रहेका नेपालीहरूको संघ संस्थामध्ये कुनै बेला निक्कै लोकप्रिय मानिने नासाप्रति आस्था र माया गर्ने अमेरिकाका प्रोफेसनल नेपालीहरूको ठूलो संख्या छ । सम्मेलनमा राजदूताबासका उपनियोग प्रमुख शरद राज आरणले पनि संबोदन गरेका थिए । यस सम्मेलनमा नेपालका ख्याति प्राप्त पप सम्राट ओम बिक्रम बिष्टको शानदार प्रस्तुति रहेको थियो भने अन्य कलाकारहरूको पनि बिशिष्ट प्रस्तुति रहेको थिसो । सम्मेलनमा अनेसास र नासाको संयूक्त आयोजनामा बृहत साहित्यक कार्यक्रम सम्मन्न भएको थियो । कार्यक्रममा प्रमुख निर्वाचन आयूक्त विमल नेपालले निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै स्वतन्त्र र निपक्ष निर्वाचन गराउन सफल भएको बताएका छन ।
यस सम्मेलनमा भाग लिनका लागि जर्जिया सहित शियाटल, सिकागो, कोलोराडो, मेरिल्याण्ड, अलाबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडालगायत अन्य बिभिन्न राज्यको र बासिंङटन डि. सी.को सहभागिता रहेको थियो । नासाको पूर्व अध्यक्ष बिमल नेपालको स)योजकत्वमा गठित निर्वाचन समितिमा पुर्व अध्यक्ष विनय अर्याल र पूर्ब कोषाध्यक्ष बाँबुराम शर्मा रहेका थिए । सम्मेलनमा सुगम संगितका चर्चित गायक सत्यराज र स्वरूप राज आचार्यको सांगीतिक प्रस्तुतिलें सम्मेलनमा रौनकता बढाएको थियो ।




