• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको मेरिल्यान्डमा ‘नेपाली चलचित्र शृंखला’ हुने

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १९, बिहीबार १८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको मेरिल्यान्डस्थित ग्रिनबेल्ट सिनेमा र नेपाल–अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा यही सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र शृंखला’ हुने भएको छ।

    यस शृंखलामा चारवटा नेपाली चलचित्र प्रदर्शन हुनेछन्। शृंखलाको पहिलो प्रदर्शनीअन्तर्गत शंकर घिमिरे निर्देशित चलचित्र ‘तेलभिसा’ ७ सेप्टेम्बर दिउँसो १ बजे प्रदर्शन हुने बताइएको छ। त्यसपछि, १४ सेप्टेम्बर साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, १७ सेप्टेम्बर साँझ ७ बजे जेरेमी पावर रेगिम्बल निर्देशित डकुमेन्ट्री ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’ र २० सेप्टेम्बर दिउँसो १ बजे दीपक रौनियार निर्देशित चलचित्र ‘पूजा सर’ प्रदर्शन हुनेछ।

    नेपाल–अमेरिका फिल्म सोसाइटीले अमेरिकाका अन्य फिल्म थिएटरहरूसँग सहकार्य गर्दै यस्ता मासिक चलचित्र शृंखलाहरू आयोजना गर्ने तयारी गरिरहेको सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले बताए।

    ‘फिल्म फेस्टिभलका लागि नेपाल–अमेरिका फिल्म सोसाइटीसँग सहकार्य हुँदै आएको थियो। तर, यसपटकको फिल्म सिरिज केही फरक र विशेष छ। नेपाली सिनेमा यहाँको समुदायसँग बाँड्न पाउनु हाम्रो लागि गौरवको विषय हो,’ ग्रिनबेल्ट सिनेमाकी कार्यक्रम संयोजक लुसी कोर्टेजले भनिन्।

    Post Views: 248
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार १८:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • २. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • ३. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ४. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.