• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

यसरी विदेश पढ्न जाने अन्तर्राष्ट्रिय विधार्थीको गन्तव्य परिवर्तन हुन थाले ?

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २२, आईतवार २१:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठुलो जनसंख्या भएको भारत र चीन अन्तर्राष्ट्रिय स्तरमा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको प्रमुख स्रोत राष्ट्रहरू हुन् । संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी र क्यानडा निरन्तर रूपमा प्रमुख गन्तव्य राष्ट्रहरूको सूचीमा रहेका छन । पछिल्ला दुई दशकमा अन्तर्राष्ट्रिय रूपमा अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या लगभग तीन गुणा बढेको छ ।

    विदेश अध्ययनका लागि जाने विश्वभरका विधार्थीहरुको गन्तव्यस्थलहरु परिवर्तन हुन थालेको एक अध्धयनले देखाएको छ । अन्तराष्ट्रिय विधार्थीको मुख्य गन्तव्य मानिएको अमेरिका क्यानडा र अष्ट्रेलियामा कडाई भएसंगै त्यस्ता प्रवृत्तिबाट अलग हुँदै विश्वभरी फैलिरहेका भारतीय विद्यार्थीहरूले आफ्नो अन्तर्राष्ट्रिय शिक्षाको रोजाइमा परिवर्तन गर्न थालेको बताइएको छ । अमेरिकामा र क्यानडामा अध्ययन गर्नका लागि आवेदन घटिरहेको छ भने जर्मनीको आकर्षण तीव्र रूपमा बढेको अध्ययनमा देखिएको छ । अपगार्डद्धारा प्रकासिशत ट्रान्जिसनल रिर्पोट अनुसार २०२४–२५ अनुसार, युवाहरू अब अन्तर्राष्ट्रिय डिग्रीप्रतिको दृष्टिकोणमा नयाँ सोच ल्याउँदै गएको देखाएको छ ।
    सो रिर्पोट अनुसार आप्रवासन र विधार्थी भिषामा गरिएको कडाईको कारण अमेरिकामा विधार्थी घट्दै गएको देखिएको छ । अमेरिका लामो समयदेखि भारतीय विद्यार्थीहरूको लागि एकछत्र गन्तव्य मानिन्थ्यो, अहिले त्यसको आकर्षण घट्दै गएको छ र अमेरिकी विश्वविद्यालयहरूमा वर्षको तुलनामा आवेदन १३ प्रतिशतले घटेको उल्ल्ेख छ । यतिखेर भारतीय विधार्थीहरुको लागि जर्मनीले अमेरिका र क्यानडालाई पछि पार्दै शीर्ष गन्तव्यको रूपमा स्थान बनाएको छ । सन् २०२२ मा १३.२ प्रतिशत रहेको जर्मनीको विद्यार्थी हिस्सा २०२४–२५ मा ३२.६ प्रतिशतमा पुगेको छ । त्यसैबीच, क्यानडामा पनि ठूलो गिरावट आएको देखिएको छ । सन् २०२२ मा १७.८५ प्रतिशत रहेको भारतीय विद्यार्थी हिस्सा २०२४–२५ मा ९.३ प्रतिशतमा झरेको छ ।

    भारतीय विद्यार्थीहरू अब पारम्परिक गन्तव्यहरूभन्दा भिन्न विकल्पहरू रोज्न थालेका छन्, जहाँ गुणस्तरीय शिक्षा, कम लागत, र आवासीय अनुमति सम्बन्धी सहजता जस्ता पक्षहरू उनीहरूको निर्णयलाई प्रभावित गरिरहेका छन् । स्मरणीय विश्वभरको सबै भन्दा धेरै जनसख्यामा भएको दोश्रो ठुलो मुलुक भारतबाट विश्वभर पढ्न जाने अन्तारष्ट्र्रिय विधार्थी सख्या प्रतिबर्ष ९ लाख रहेको विभिन्न अनुसन्धानमा उल्लेख छ ।

    ठुलो जनसख्या भएको भारत र चीन अन्तर्राष्ट्रिय स्तरमा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको प्रमुख स्रोत राष्ट्रहरू हुन् । संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी र क्यानडा निरन्तर रूपमा प्रमुख गन्तव्य राष्ट्रहरूको सूचीमा रहेका छन । पछिल्ला दुई दशकमा अन्तर्राष्ट्रिय रूपमा अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या लगभग तीन गुणा बढेको छ । संयुक्त राज्य अमेरिका अझै पनि विश्वभरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पहिलो रोजाइको गन्तव्य रहँदै आएको छ । जति सुकै कडाई अझै पनि पहिलो पटक विधार्थीले अमेरिकाका लागि भिषा प्रयास गर्ने र नभएपछि अन्य मुलुक खोज्ने प्रवृति उल्लेखनीय रहेको विभिन्न अनुसन्धानहरुमा उल्ल्ेख छ । मुख्य कारण अंग्रेजी भाषी देशहरू भाषा, प्रतिष्ठा, र रोजगारी अवसरका कारण अग्रस्थानमा छन् ।

    Post Views: 334
    प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार २१:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • २. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ३. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ४. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ५. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.