• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २६, बिहीबार १९:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     स्थानीय तहका तीन प्रतिनिधिमूलक संस्थाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने भन्दै संविधानसम्मत र विधि प्रणालीका आधारमा मुलुकलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवि पाण्डे, नेपाल नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगाना र जिल्ला समन्वय समिति (जीसस) महासंघ उपमहासचिव दीपक गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

    उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्यौल अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधि प्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन राष्ट्रपति समक्ष हार्दिक आग्रह गर्दछौं ।’

    स्थानीय सरकारका प्रशासकीय भवन र सवारीसाधनमा क्षति गरिएको तर्फ उनीहरूले आपत्ति जनाएका छन्, अहिले पनि नागरिक र जनप्रतिनिधिको निजी सम्पत्ति र उद्योग–व्यवसायमा क्षति गर्नुका साथै जनप्रतिनिधिलाई राजीनामा दिन ज्ञात–अज्ञात व्यक्ति र समूहबाट धम्की आउने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

    स्थानीय सरकारका सम्पत्ति तथा दस्तावेजको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाध सेवा प्रवाह गर्ने वातावरण बनाउन राष्ट्रपति र सुरक्षा निकाय समक्ष आग्रह समेत गरिएको छ ।

    उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षण र सम्बर्द्धन गर्दै उच्च मनोबल साथ सेवा प्रवाह नियमित गर्न स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई आह्वान समेत गरेका छन् ।

    जेनजी आन्दोलन मार्फत भ्रष्टाचार अन्त्य, मुलुकमा सुशासन प्रत्याभूति तथा युवाको शासन सहभागिता जस्ता जायज मागमा भने समर्थन जनाउने उनीहरूको भनाइ छ । तर, आन्दोलनका आडमा भएको अवान्छित घुसपैठका कारण उत्पन्न अराजक अवस्थाबाट ऐतिहासिक धरोहर र संरचना, महत्त्वपूर्ण दस्तावेज लगायत सरकारी कार्यालय र निवासमा भएको आगजनी, तोडफोड र जनप्रतिनिधिमाथिको अमानवीय व्यवहारप्रति भने खेद व्यक्त गरिएको छ ।

    Post Views: 143
    प्रकाशित मिति: २०८२ भाद्र २६, बिहीबार १९:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.