• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

‘एकताका लागि म महासचिव पद त्याग्न तयार छु’- गौरीराज जोशी, महासचिव एनआरएनए

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन ५, आईतवार २२:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव गैरीराज जोशीले संस्थापकहरुको नेतृत्वमा नयाँ समिति गठन गर्नुपर्ने विकल्प अघि सारेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै जोशीले अहिले रहेका दुवै कार्यसमिती खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन्।

    अहिले एनआरएनएमा २०८० मा सम्पन्न १० औं महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमिति र सर्वोच्च अदालतको परामदेशका आधारमा गत वैशाखमा सम्पन्न महाधिवेशनबाट महेश श्रेष्ठको नेतृत्वमा निर्वाचित गरी दुई कार्यसमिति छन्।

    जोशी बद्री केसी नेतृत्वको एनआरएनए महासचिव हुन्। अहिलेको परिवर्तित अवस्थामा कसरी जाने भनेर विकल्प दिने सन्दर्भमा जोशीले दुवै कार्यसमिति खारेजको प्रस्ताव राखेका हुन्।

    ‘अब कसरी जाने त? मेरो व्यक्तिगत विचारमा हामीले आइसिसीमा विद्यमान दुइटै समिति खारेज गरौं। सहमतिमा एनआरएनएका संस्थापकहरु जस्तै रामप्रताप थापा, भिम उदासजस्ता यसै अभियानमा सक्रिय व्यक्तिलाई राखेर एउटा समिति बनाउन सकिन्छ,’ जोशीले भनेका छन्,’यो समितिलाई नै मजबुत एनआरएनएका लागि नयाँ नेतृत्व छान्ने अधिकार पनि दिऔं। विवादित एनसीसीहरुमा पनि नयां सदस्यता खुला गरी फेरि निर्वाचन गर्ने जिम्मेवारी पनि त्यही समितिलाई दिऔं।’

    नयाँ समितिले निर्वाचन गराएर नयां कार्यसमितिलाई सुम्पिँदा हाम्रा समस्याहरु सकिने भन्दै उनले विवादित एनसिसीको वर्तमान दुवै कार्यसमितिलाई भंग गरी नयाँ निर्वाचन गराउँदा ती देशको समस्या समाधान हुने दावी गरेका छन्।

    एनआरएनएलाई मजबुत बनाउन विधान संशोधन, तेस्रो पक्षलाई एमआईएस प्रणालीको अनुगमन गर्ने जिम्मेवारी दिने कार्य पनि त्यही समितिले गर्नुपर्ने उनको सुझाव छ। यसका लागि आफू पद त्याग्न तयार रहेको समेत उनले स्पष्ट पारेका छन्।

    ‘विदेशमा बस्ने धेरैभन्दा धेरै नेपाली सहभागी हुने गरी निर्वाचन गराउने गरी विधान संशोधन गर्न सकिन्छ । एनआरएनएलाई अझ सशक्त बनाउन सबैले सहयोग गर्नु हुने छ भन्ने मेरो आशा छ,’उनले भनेका छन्।

    जेनजी आन्दोलनपछि भएको परिवर्तनलाई चुनौतिभन्दा पनि यसलाई देशमा  सुशासन र  आर्थिक रुपमा मजबुत वनाउने अवसरका रुपमा लिनपर्ने जोशीको भनाइ छ।

    विदेशमा बस्ने सबै नेपालीहरु आर्थिक विकास, सुशासन र पारदर्शीताको पक्षधर रहेको भन्दै उनले यसका लागि विगतमा भएका कमी-कमजोरीहरु सुधार्न जरुरी रहेको उल्लेख गरेका छन्।

    ‘यहाँहरुलाई थाहा नै छ विदेशमा बस्ने हामी नेपालीहरु पनि विभाजित भएका छौं । अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसिसी) देखि केही राष्ट्रिय समन्वय परिषद (एनसिसी) सम्ममा विभाजन छ,’ उनले भनेका छन्,’ नयाँ परिस्थितिमा हामीले विदेशमा बस्ने नेपालीका मुद्दाहरु सम्वन्धित निकायसम्म लैजान पनि एक जुट हुनुको विकल्प छैन।’

    एनआरएनएको आधिकारिताका विषयमा सर्वोच्च अदालतमा रहेका मुद्धाले तत्काल किनारा पाउने अवस्था कम रहेको उनको बुझाइ छ। देशको विद्यमान संकटमा ती मुद्दाले किनारा पाउन अझै लामो समय लाग्छ सक्ने भन्दै उनले सहमतिअनुसार यी मुद्दा पनि फिर्ता लिनुपर्ने बताएका छन्।

    देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन विदेशमा वस्ने नेपालीको भूमिका अझ बढाउनु पर्ने तथा अझ बढी लगानीको आवश्यकता पर्ने भएकाले फुटेर नभई जुटेर काम गर्न समेत उनले आह्वान गरेका छन्।

    Post Views: 263
    प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार २२:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.