• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जेनजी आन्दोलनका सुदन गुरुडले नयाँ पार्टी खोल्दै

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन ८, बुधबार ०४:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेन-जी आन्दोलन सफल भएर नयाँ सरकार गठन भएसँगै सुदन गुरुङ समूहले ६ महिनापछि हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी गठनको तयारी थालेको छ । जेन-जी आन्दोलनमा सहभागीहरुलाई एक ठाउँमा ल्याएर एकीकृत शक्ति निर्माण गर्ने उद्देश्यले गुरुङ समूहले पार्टी गठन गर्न लागेको हो । गुरुङलाई केन्द्रीय संयोजक र सात वटै प्रदेशमा प्रदेश संयोजकसमेत तोकिएको छ ।

    कोशी प्रदेशमा उपार्जुन राई, मधेशमा शिव यादव, बागमतीमा किरण आचार्य र गण्डकीमा प्रदीप पाण्डेलाई संयोजक तोकिएको छ । त्यसैगरी लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

    प्रदेश संयोजकहरुलाई जिल्ला संयोजकहरु तोकेर प्रदेशसहित नगर र स्थानीय कमिटीहरुको सम्मेलन गर्ने जिम्मा दिइएको छ । सम्मेलन लगत्तै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी छ । गुरुङ समूहले भदौ २३ र २४ गतेको आन्दोलनलाई राजनीतिक क्रान्तिका रुपमा राज्यले स्वीकार गर्नुपर्ने बताएको छ । अबको चुनावमार्फत दुईतिहाइ मत ल्याएर संविधान संशोधन गर्ने, २०४६ सालपछिका भ्रष्टाचारका घटनाको छानबिन गर्ने, स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई चुनावी एजेण्डा बनाउने तयारी यो समूहको छ । गुरुङ समूहले अब हुने मन्त्रिपरिषद् विस्तारमा जेन–जीका प्रतिनिधि सहभागी हुने दाबी गरेको छ ।

    Post Views: 253
    प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार ०४:२९
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.