राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर पार्टीको केन्द्रिय नेतृत्व पुर्नगठन हुने भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह बालेनको सहमतिपछि पार्टी पुर्नगठन गर्ने सहमति नजिक पुगेको बताईन्छ ।
एक स्वतन्त्र पार्टीका नेताका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भई सकेर त्यो निश्कर्षमा पुगेको उनको दावी छ । बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न रास्वपा र घण्टी पुरानै रहने सहमति लगभग जुटिसकेको छ । त्यस्तै सभापतिबारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग छलफल भएर सहमति नजिक पुगेको हो स्रोतको दाबी छ । तर रविले आफुलाई जेलबाट निकाल्ने सर्तमा मात्रै तत्कालका लागि अध्यक्ष छोडेर (अन्य कुनै) कुलमान घिसिडलाई बनाउन राजी भएको उक्त श्रोतले दावी गरेको छ ।

बालेन शाहले कुलमान अध्यक्ष बनाउने भए रविलाई जसरी भए पनि जेलमुक्त गर्न ग्यारेन्टी गर्ने बचन दिएपछि रविले आफ्नै पार्टीको नाम र चिन्हमा कायम रहने गरी सहमती जनाएको बताइएको छ । पहिले पार्टी पुर्नगठन गर्ने अनि रविलाई जेलमुक्त गर्नै प्रक्रिया शुरु हुने केन्द्रिय सदस्यले दावी गरेका छन । त्यसो हुँदा रवि पछि अध्यक्षमा फर्किन पनि सक्नेछन । रविलाई कुन प्रक्रियाबाट जेलमुक्त गर्ने विषयमा बालेनले प्रधानमन्त्रिसंग एक चरण छलफल गरी सकेको बताए पनि त्यो पुष्टि भएको छैन । बालेनले रवि निकाल्ने जिम्मा मेरो भन्दै रविलाई आश्वसन दिएकाले मात्रै रविले नेतत्व छाडेर पार्टी पुर्नगठन गर्न सहमत भएका हुन । पहिलो चरण कुलमानसंगै बालेनले आफुबाहेक हाल कायम रहेको सख्याको आधा पदाधिकारीसहित केन्द्रिय सदस्य समावेश गरिने छ । जसमा घिसिड र बालेनका मानिसहरु सहभागी हुनेछन ।
यस्तो सहमति भए पनि घिसिङले रवि र बालेनको समर्थन पाएर दर्ता गर्ने तयारीमा रहेको नयाँ पार्टीको प्रक्रिया तत्काल स्थगित गर्ने बताइएको छ । उनले अब रास्वपाको नेतृत्वमा रहने अन्तिम टुंगो लागेसँगै हाल रहेको मन्त्री पदबाट राजीनामा दिने सहमति पनि बनेको छ । यससंगै उपाध्यक्ष डा स्वर्णिम वाग्लेले भने यस प्रक्रियामा सहमति जनाई नसकेको बताइएको छ । उनले रवि नहुँदा कि हालका उपाध्यक्ष डिपी अर्याल वा आफुले पार्टीको नेतृत्व पाउनु पर्ने र यसो हुँदा घिसिडलाई पार्टीको तर्फबाट चुनाव जितेर आएको खण्डमा प्रधानमन्त्रिका लागि सुनिश्चित गर्न सकिने प्रस्ताव अघि सारेका थिए ।
यहीबीचमा बालेनले समेत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चर्चा चलिरहेको थियो । तर, बालेनले परम्परागत राजनीतिक शक्तिहरूसँग जुध्न वैकल्पिक शक्तिहरूको एकतालाई जोड दिने भन्दै नयाँ दल खोल्नुभन्दा रास्वपालाई समथर्न गरेर अघि बढ्ने रणनीतिमा देखिएको हुन सक्ने अनुमान छ । यसरी प्रस्ताव अघि बढेपछि रास्वपाले एक केन्द्रीय सदस्यको नेतृत्वमा संवाद समिति बनाएर छलफल चलाएपछि यो तहको सहमतिमा पुगेको बताईन्छ । यसरी पार्टी पुर्नगठन गरेर जाँदा पार्टीको नाम र चुनाव चिन्हको विषयमा जनतामा जानकारी भई सकेको र छोटो समयमा नयाँ पार्टी दर्ता गर्नु भन्दा यो नै उत्तम विकल्प रहेको भन्दै सहमति नजिक पुगेको बताइएको छ । उता रास्वपाका केन्द्रिय सदस्य एवं सहकोशाध्यक्ष दिपक बोहोराले समाचारमा सत्यता नभएको बताउँदै भने निकै अघिदेखि नै सीके राउतदेखि गोपी हमाललगायत विभिन्न नयाँ राजनीतिक शक्ति, समूह, व्यक्तिहरूसँग छलफल भइरहेको तर अन्तिम सहमति नभएको बताएका छन । उनले बालेन र कुलमानहरूसँग त पार्टी खोल्नु अगाडिदेखि नै संवादमा छौं। जेन्जी आन्दोलनपछि कार्यदल नै बनाई नयाँहरूसँग छलफल अगाडि बढाइएको छ। तर, कुनै व्यक्ति या दलसँग कुनै पद वा भूमिकाबारे संवाद भएको छैनउनले आफ्नो फेसबुकमा बताएका छन ।
रास्वपाका नेताले दावी गरे पनि बालेन शाहका एक सहयोगीले भने यो विषयमा अनविज्ञता प्रकट गर्दै यस्तो हुन नसक्ने दावी गरेका छन ।




