• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

११ देशका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ४, सोमबार ०४:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ११ देशका राजदूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सरकारको निर्णय बदर गर्न माग गर्दै आइतबार तीन वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। सुनील भट्टराई लगायतले दर्ता गराएका रिटको पेशी तिहार पछि अथवा कात्तिक ९ गतेलाई तोकिएको छ। २०८२ असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले चीन र अमेरिकासहित ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्रमा फर्किसक्न निर्देशन दिने निर्णय गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय लगायतलाई विपक्षी बनाइएका रिटमा सरकारको यो निर्णयले नेपालको कुटनीतिक प्रतिष्ठामा नकारात्मक असर पर्ने दाबी गरिएको छ। यस्तै सुशीला कार्कीको नेतृत्वमा गठन भएको वर्तमान सरकार चुनावी सरकार भएको, यसको कार्यदेश चुनाव गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेकाले यस्ता निर्णय गर्न अधिकार नभएको दाबी गरिएको छ। यो निर्णय संविधान र कानुन विपरित रहेको भन्दै कार्यन्वयन नगर्नु भनि आदेश माग गरिएको छ।

    सरकारले चीनका लागि नेपाली राजदूत प्रा।डा। कृष्णप्रसाद ओली, जर्मनीका डा। शैल रुपाखेती, इजरायलका प्रा। धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदीका नरेश विक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा। दुर्गाबहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यसअघिको सरकारले राजनीतिक रुपमा नियुक्त गरेका केही देशका राजदूतलाई भने यथावत राखेको छ। राजदूत फिर्ता बोलाउने निर्णय पनि छानिछानी र मनलाग्दो ढंगले गरेको र समानताको हकविपरितको निर्णय भएको पनि रिटमा भनिएको छ।

    Post Views: 163
    प्रकाशित मिति: २०८२ कार्तिक ४, सोमबार ०४:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.