बेलायतको डर्बीस्थित स्पन्डनका ९ वर्षीय बालक रियोले आफ्ना बाबुसँग १२ दिनको कठिन हिमाली यात्रा पूरा गर्दै एभरेस्ट बेसक्याम्पसम्मको यात्रा सम्पन्न गरेका छन । ५ हजार ३६४ मिटर अर्थात १७,५९८ फिट० उचाइमा अवस्थित बेसक्याम्पमा पुगेपछि विश्वभरका आरोहीहरूले उनलाई बधाई दिएका थिए। ९ वर्षे उमेरमै यस्तो चुनौतीपूर्ण यात्रामा सफल भएपछि उनी अहिले चर्चा भइरहेको सबैभन्दा कम उमेरका साहसी मध्ये परेका छन्।

रियोका बुवा जेकका अनुसार १५ नोभेम्बरको दिन उनीहरू बेसक्याम्प पुगेको क्षण भावनाले भरिएको थियो। “म खुशीका आँसु रोक्न सकिनँ,” जेकले भने, “यात्रा कठिन थियो, तर छोरासँग बिताएका ती क्षणहरू जीवनकै अविस्मरणीय बन्न पुगे।” प्रत्येक दिन न्यूनतम ६ घण्टा हिँडाइ थियो, उचाइ बढ्दै जाँदा अक्सिजन स्तर घट्ने भएकाले सास फेर्नसमेत समस्या हुन्थ्यो।
यात्राको सबैभन्दा कठिन भाग नाम्चे बजार चढ्ने बाटो रहेछ। एकै दिनमा १,००० मिटरभन्दा बढी उकालो गर्नुपरेको जेकले बताए। उनीहरू ‘मन्च ब्याग’—जहाँ फ्ल्यापज्याक, किसमिस, बिस्कुट र चकलेट जस्ता ऊर्जा–स्रोत थिए—खाएर उक्लाइ पार्थे। “हामी हरेक दिन मानौँ ‘यर्कशायर थ्री पीक्स’ वा बेन नेभिस चढेर झरिरहेका थियौँ,” जेकले भने।
काठमाडौँबाट लुक्ला उडान खराब मौसमका कारण रद्द भएपछि उनीहरूले यात्रा हेलिकप्टरमार्फत सुरू गरेका थिए। “यो अनपेक्षित तर रमाइलो सरप्राइज थियो,” जेकले बताएका छन्।
उचाइ बढ्दै जाँदा अक्सिजन स्तर ७६५ मात्र पुगे पनि रियोको उत्साह घटेन। पहिलेदेखि नै उनी बेन नेभिस, स्काफेल पाइक, स्नोडन ९थ्च ध्थममाब० र यर्कशायर थ्री पीक्सजस्ता चुनौतीपूर्ण यात्राहरू पूरा गरिसकेकाले उनका बुवालाई पनि छोरो सफल हुन्छ भन्ने विश्वास थियो।
रियोले ५ किलो तौल भएको आफ्नो डे–प्याक यात्रा भरि आफैंले बोक्यो। त्यसमा उनका पानी, खाना, वर्षातको कपडा र पञ्जा थिए। “कसैले बोकिदिन्छु भने पनि ऊ भन्थ्यो– ‘म आफैं सक्षम छु’,” जेकले भने, “छोराको आत्मविश्वासमाथि म निकै गर्व गर्छु।” १२ दिनको यात्रा तनाव, हाँसो र कठिन क्षणहरूको मिश्रण थियो। रियोले यस यात्रालाई ‘एपिक’ भनेका छन् र भविष्यमा अझ धेरै साहसिक यात्रामा जाने इच्छा व्यक्त गरेका छन्। स्मरणीय रहोस एभरेष्ट बेस क्याम्प पुगेका सबैभन्दा कम उमेरका युकेका बालकमध्ये दुई जनाको प्रायः उल्लेख गरिन्छ । उनि हुन कार्टर डलास — स्कटल्याण्डका २ वर्षका बालक । रिपोर्टहरू अनुसार उनी बुबाको ढाडमा बसेर साउथ–साइड पुगेका थिए। अर्का हुन फ्र्याङ्की म्याकमिलन इङ्ल्यान्डको कुम्ब्रियाका ८ वर्षका बालक, जो ९ अप्रिल २०२४ मा आमासँग पदयात्रा गर्दै पुगेका थिए । युकेका “सबैभन्दा कम उमेरका” बेस क्याम्प पुग्ने बालक कार्टर डलास नै (२ वर्ष) हुन ।





